परीक्षा स्थगित गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालय अगाडि प्रदर्शन
सोमबार, २५ साउन २०७८, १२ : ५५
परीक्षा स्थगित गर्न माग गर्दै त्रिभुवन विश्व विद्यालय कीर्तिपुर अगाडि प्रदर्शन भएको छ । सोमबार विश्व विद्यालय अगाडि भेला भएका विद्यार्थीहरुले भौतिक रुपमा लिइने परीक्षा स्थगित गरेर अनलाइन माध्यमबाट परीक्षा लिन माग गरेका थिए ।
उनीहरुले कक्षा १२ को परीक्षा स्थगित भएपनि त्रिविले भने परीक्षा जारी राखेको भन्दै आपत्ति जनाएका थिए । विद्यार्थी प्रनिशा बानियाँले अहिले जारी रहेको परीक्षा कुनै स्वास्थ्य मापदण्ड पालना बिनै सञ्चालन गरिएको भन्दै तत्काल भौतिक रुपमा लिइने परीक्षा स्थगित भरेर वैकल्पिक माध्यम अपनाउन माग गरिन् । कोरोना कहरका बीच परीक्षा सञ्चालन गरिएको भन्दै ट्वीटरमा #क्यान्सिलटीयूएक्जाम ट्रेन्डिङ मै परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण