जबर्जस्ती करणी गरेको आरोपमा पोखराबाट एक युवक पक्राउ
सोमबार, २५ साउन २०७८, २१ : ४३
युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा पोखराबाट प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । स्याङजा घर भइ पोखरा बस्दै आएका युवाले २६ वर्षीया युवतीलाई डर, त्रास र धाक धम्की देखाएर जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
स्याङजा अर्जुन चौपारी घर भइ हाल पोखरा –१७ बिरौटा बस्दै आएका ३६ वर्षीय ख्यामबहादुर घर्तीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । युवतीलाई पोखरा लेकसाइड खहरेमा रहेको एक होटलमा लगी जबरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए ।
पक्राउ परेका घर्तीलाई जिल्ला अदालत कास्कीबाट जबर्जस्ती करणी सम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डिएसपी हमालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण