ओलीलाई ‘राजनेता’ भन्दै राष्ट्रियसभामा खिमलाल भट्टराईको प्रश्न– उहाँको निष्ठामाथि किन प्रश्न ?
राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले केपी शर्मा ओली ‘राजनेता’ भएको दाबी गर्दै उनको निष्ठामाथि किन प्रश्न गरियो भनेर प्रश्न गरेका छन् । राष्ट्रियसभा बैठकको विशेष समयमा उनले एमालेका अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री ओलीको प्रशंसामा विभिन्न तर्क गरे ।
‘राजनेता भनेपछि राजनीति उसकै वरिपरि घुमेको हुने रहेछ,’ ओलीलाई चित्रण गर्दै उनले भने, ‘सदन, सडक र सरकारमा उसकै विचारबाट गाइडेड हुनुपर्ने रहेछ ।’ उनले केपी शर्मा ओली सिंहदरबार छोडेर बालकोट गएको अहिलेको अवस्थामा समेत ओलीकै चर्चा सर्वत्र हुने गरेको उनको भनाइ थियो ।
उनले भने, ‘एउटा आशलाग्दो सरकार थियो, जसलाई घेराबन्दीबाट हटाइयो, गुटबन्दीबाट हटाइयो, मुद्दा मामिलाबाट हटाइयो, ढोकाबाट होइन झ्यालबाट हटाउने काम भयो भन्ने कुरा हामी सडकमा सुन्छौँ ।’
देशले एउटा राजनेता जन्माएको र त्यो राजनेता फेरि फर्केर आउने उनले दाबी गरे । उनले भने, ‘ओलीको निष्ठामाथि प्रहार भएको छ । केपी ओली १४ वर्ष किन जेल बस्यो भन्दा नेपालबाट राजतन्त्रको उन्मुलन, सामन्तवादको उन्मुलनका लागि । यो सामान्य कुरा होइन ।’
दोस्रो जनआन्दोलनको सुरुवातको अवस्थामा राजनीति दलभित्र एक प्रकारको बहस रहेको भन्दै त्यो परिस्थितिमा ओलीले दिएको अभिव्यक्तिलाई लिएर अहिले पनि ओलीलाई गणतन्त्र विरोधी भनेर चित्रण गर्नु उचित नहुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण