ईशा देओलले देखाइन् ११ वर्ष पुरानो ट्याटु
बुधबार, २७ साउन २०७८, ११ : ४९
ईशा देओल लामो समयदेखि ठूलो पर्दाबाट टाढा छिन् । तर, सामाजिक सञ्जालमार्फत चर्चामा आइरहेकै छिन् । ईशाको पछिल्लो तस्बिरबारे अहिले सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ । धर्मेन्द्र हेमा मालिनीकी छोरी ईशाले पछिल्लो फोटोमा आफ्नो ट्याटु प्रदर्शन गरेकी छिन् । ईशाले यो ट्याटु ११ वर्षअघि नै बनाएकी थिइन् । तर यसअघि उनले सामाजिक सञ्जालमा पोस्ट गरेको फोटोमा कहिल्यै यो ट्याटु देखिएको थिएन ।
विवाहपछि ईशा फिल्मी दुनियाँबाट टाढिएकी हुन् । उनले पछिल्लोपटक खेलेको हिन्दी फिचर फिल्म ‘टेल मी ओ खुदा’ हो । यो फिल्म २०११ मा रिलिज भएको थियो । यसपछि उनी केही दक्षिण भारतीय फिल्ममा देखिएकी छिन् । उनी पछिल्लो पटक २०१९ मा ‘केक वाक’ नामक सर्ट फिल्ममा पनि देखिएकी थिइन् । ईशाले अहिले करियरको नयाँ पारी सुरु गरिसकेकी छिन् । उनी अहिले प्रोड्युसर बनिसकेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
-
स्याङ्जाका उत्कृष्ट कृषक सम्मानित
-
कासिमिरोको गोलसँगै ब्राजिल र जापान १–१ को बराबरीमा, खेल रोमाञ्चक मोडमा
-
१२ बजे १२ समाचार: कर्णालीका मन्त्रीको मनपरीदेखि विद्यार्थी सङ्गठनका संरचना हटाउन निर्देशनसम्म
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण