आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

करिना कपुर, सैफ अली खान किन पुनः भए ट्रोल ?

बुधबार, २७ साउन २०७८, १२ : २५
बुधबार, २७ साउन २०७८

अभिनेता सैफ अली खान, करिना कपुर एकपटक पुनः आफ्नो फिल्ममका कारण नभई, छोराका नामका कारण चर्चामा छन् । 

करिना कपुर खानले यो वर्ष फेब्रुअरीमा आफ्नो कान्छो छोरा जन्माएकी थिइन् । कान्छो छोराको नाम ‘जेह’ राखिएको बताइन्थ्यो । 

करिना कपुरको हालै रिलिज भएको किताब ‘करिना कपुर खान– प्रेग्नेन्सी बाइबल’ मा जेहको नयाँ नाम सार्वजनिक गरिएको केही खबरमा दाबी गरिएको छ । यो किताबलाई फिल्म निर्माता करण जोहरसँग करिना कपुरले इन्स्टाग्राम लाइभको क्रममा रिलिज गरिन् । 

केही मिडिया रिपोर्टमा करिनाको किताबमा जेहो पूरा नाम जहांगीर लेखिएको बताइँदै छ । यद्यपि, करिना र सैफको तर्फबाट यसबारे कुनै प्रतिक्रिया वा जानकारी दिइएको छैन । जहांगीर नामको अर्थ हो – संसारमा राज गर्ने व्यक्ति । 

जहांगीर फारसी भाषाको शब्द हो । 

बीबीसीले करिनाका पिता रणधीर कपरसँग फोनमा कुराकानी गरेको छ । रणधीर कपुरले भने, ‘हामी उसलाई घरमा जेह भन्छौं । जहांगीर नाम हो कि होइन भनेर चाहिँ म केही भन्न सक्दिनँ । बच्चाका आमाबुवाले केही दिनमा आफैं यसबारे बताउनेछन् ।’

आफ्नो जेठो छोराको नाम तैमुर राखिएपछि अब करिना, सैफ कान्छो छोराको नामका कारण केही मानिसहरुको निशानामा छन् । सोसल मिडियामा केही मानिसहरुले जहांगीरको आदेशमा सिख गुरु अर्जन देवको हत्या गरिएको थियो । त्यही जहांगीरको नाममा छोराको नाम किन राखियो ?’

किताबमा के छ ?

यो किताबमा करिनाले आफ्ना दुबै छोराको जन्मको अनुभव साझा गरेकी छिन् । 

किताबको अन्तिम पानामा करिनाले आफ्नो छोराका तस्बिर पनि साझा गरेकी छिन् । यद्यपि, सोसल मिडियामा पोस्ट गरिने तस्बिर झैं यी तस्बिरमा पनि कान्छो छोराको अनुहार देखाइएको छैन । 

यसअघि करिनाको अर्को किताब पनि सार्वजनिक भएको थियो । किताबको नाम थियो – द स्टाइल डायरी अफ ए बलिउड डिभा ।

नयाँ किताबमा यसबारे पनि जानकारी दिइएको छ कि पाँच महिनाको गर्भावस्थाा बेला करिनाले आमिर खानसँग फिल्म लाल सिंह चड्डाको सुटिङ गरेकी थिइन् । 

करिनाले भनिन्, ‘तैमुरको बेलामा मज्जाले समय बितेको थियो तर कोरोना कालमा म धेरैजसो डराएरै बस्ने गर्दथेँ । कतै मलाई कोरोना त हुने होइन भन्ने सधैं डर हुन्थ्यो । मेरो बच्चालाई कुनै समस्या पो आउने हो कि भन्ने पनि चिन्ता हुन्थ्यो । यो कुरा बारम्बार दिमागमा आइरहन्थ्यो । विभिन्न खाले सोच आउँथे तर म परिवारप्रति आभारी छु जसले मलाई सधैं सम्हाले ।’

करण जोहरसँग अरु के भनिन् ?

किताब रिलिज गर्दा इन्स्टाग्राम लाइभ कार्यक्रममा करिनाले आफ्ना साथी करणसँग थुप्रै कुरा गरिन् । 

करिनाले भनिन्, ‘१० वर्ष अघि जब मैले विवाह गर्ने निर्णय गरेकी थिएँ तब मलाई सबैले तिम्रो करियर नष्ट हुनेछ भनेका थिए । तर म यो भन्छु कि आज सिनेमा फेरिएको छ ।’

करिना भन्छिन्, ‘अब विवाहित महिलाले पनि काम पाइरहेका छन् । म असाध्यै खुसी छु कि म आजको समयमा काम गर्छु । जहाँ दिपिका र विद्या बालनजस्ता अभिनेत्री छन् जसले विवाह गरे र घर परिवारका साथै सिनेमामा पनि उत्कृष्ट काम गरिरहेका छन् ।’

तैमुर नाम राखेकोमा, उमेरमा ठूलो र पहिल्यै विवाह गरिसकेका सैफ अली खानसँग विवाह गरेको विषयमा करिना कपुरले अत्यधिक आलोचना झेलेकी थिइन् ।

करिना भन्छिन्, ‘आफ्नो कुरा गर्ने हो भने म मानिसहरुको कुरालाई खासै ध्यान दिन्नँ । मेरो मान्यता यो छ कि सबैको कुरा सुन तर आफ्नो मनको कुरा गर । अहिलेसम्म त्यहि गर्दै आएकी छु र त्यहि गर्नेछु जुन म गर्न चाहन्छु । म सबैलाई सधैं निडर रहन आग्रह गर्छु ।’

करिना भन्छिन्, ‘म एउटा कानले सुन्छु र अर्को कानले सबैको कुरा उडाइदिन्छु ।’

करिना र सैफले करिब ६ वटा फिल्ममा सँगै काम गरिसकेका छन् । 

जहांगीरबारे केही कुराः

मुगल शासक जहांगीरले भारतमा सन् १६०५ देखि १६२७ सम्म राज गरे । 

जहांगीर अकबरका छोरा थिए र आगरामा ताजमहलजस्ता थुप्रै ऐतिहासिक भवन बनाउने शाहजहांका पिता थिए । 

अकबर सन्तान नभएका कारण असाध्यै चिन्तित थिए । 

अकबरले सन्त ख्वाजा मोइजुद्दीन चिश्तीसमक्ष प्रार्थना गरेका थिए, ‘यदि तपाईंले मलाई एउटा छोरा दिन्छौ भने म आगरादेखि अजमेरसम्म हिँडेर तपाईंको ढोकामा शीर झुकाउनेछु ।’

अकबर पछि मोइनुद्दीन चिश्तीको शिष्य र पीर सलीम चिश्ती भएठाउँ जान थाले । सम्भवतः उनको प्रार्थना सुनियो र अकबरको घरमा छोराको जन्म भयो । नाम राखियो सलिम जसलाई पछि जहांगीर भनियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप