प्रेमिकाका आमाबुवालाई फकाउन सुनिल शेट्टीलाई लागेको थियो ९ वर्ष, त्यसपछि मात्रै हुनसक्यो विवाह
बलिउड अभिनेता सुनिल शेट्टी ५९ वर्ष पुगेका छन् । उनको जन्म ११ अगस्ट, सन् १९६१ मा मुल्की, मैंगलोर (कर्नाटक) मा भएको थियो । थुप्रै सुपरहिट फिल्ममा काम गर्ने सुनिलबारे एउटा कुरा निकै कम मानिसलाई थाहा छ । साउथ इन्डियासँग सम्बन्ध राख्ने सुनिलले जुन युवतीसँग विवाह गरेका थिए । उनी गुजरातकी एक मुस्लिम परिवारसँग सम्बन्ध राख्छिन् । र. उनको नाम माना कादरी हो ।
सुनिल शेट्टीको प्रेमको कहानी एउटा पेस्ट्री शपबाट सुरु भएको थियो । यहाँ सुनिलले पहिलोपटक मानालाई देखेका थिए र आफ्नो मन दिएका थिए । मानाको मनसम्म पुग्नका लागि सुनिलले सुरुमा मानाकी बहिनीलाई साथी बनाएका थिए ।
मानाकी बहिनीले नै गराएकी थिइन् दुईको भेटघाटः
मानासँगको पहिलो भेटपछि नै सुनिलले ढिला नगरिकन उनलाई प्रस्ताव गरेका थिए । मानाले पनि उनको प्रस्ताव स्वीकार गरेकी थिइन् । यी दुई भिन्न धर्मका थिए । त्यसैले दुबैका परिवार उनीहरुको विवाहका लागि तयार थिएनन् । परिवारको साथ नभए पनि उनीहरुको प्रेममा कहिल्यै कमी भएन । दुबैले आ–आफ्नो परिवारलाई मनाउने पूरा कोसिस गरे । यसमा करिब ९ वर्ष लाग्यो । अन्त्यमा यी दुईको प्रेमको अगाडि कसैको केही लागेन र सन् १९९१ मा यी दुईको विवाह भयो ।
यी दुईका दुई सन्तान आथिया र अहान शेट्टी छन् । आथियाले त बलिउडमा कदम पनि राखिसकेकी छिन्, यस्तै अहान डेब्यूको तयारीमा छन् । सुनिलले विवाहपछि बलिउडमा डेब्यू गरेका थिए । उनले सन् १९९२ मा रिलिज भएको फिल्म ‘बलवान’ मार्फत् इन्डिष्ट्रिमा कदम राखेका थिए ।
सामाजिक कार्यकर्ता र रियल इस्टेट क्वीन पनि हुन् मानाः
माना शेट्टी एक सफल व्यवसायी हुनुका साथै उनी एक सफल सामाजिक कार्यकर्ता र रियल इस्टेटकी क्वीन पनि हुन् । मानाले आफ्ना श्रीमान् सुनिल शेट्टीसँग मिलेर एसटु नामको एउटा रियल इस्टेट प्रोजेक्ट सुरु गरिन् । जसमा उनले मुम्बईमा २१ विलासी भिल्ला बनाएका छन् ।
करिब ६५०० स्क्वेयर फिटमा फैलिएको हरेक भिल्लामा सुख सुविधाका हरेक चिज छन् । यसका साथै माना शेट्टी ‘सेभ द चिल्ड्रन इन्डिया’ नामको एउटा एनजीओसँग पनि आबद्ध छिन् । रकम जुटाउनका लागि उनी समय समयमा आराइशको नामबाट प्रदर्शनी पनि आयोजना गरिरहन्छिन् । यसबाट जति पैसा आर्जित हुन्छ, त्यसलाई युवती र महिलाको आवश्यकताका लागि प्रयोग गरिन्छ ।
फेसन डिजाइनर पनि हुन् मानाः
माना डिजाइनर पनि हुन् । उनी आफ्नो बहिनीसँग मिलेर ‘माना एण्ड इशा’ नामको एउटा क्लोथ ब्रान्ड पनि चलाउँछिन् । मानाका पिता आई.एम. कादरी एक चर्चित आर्किटेक्ट हुन् । उनले मुम्बईमा मात्रै नभई भारतका विभिन्न प्रोजेक्टमा काम गरेका छन् । साथै मानाका भाइ पनि आर्किटेक्ट हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण