शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

मैले कहिल्यै पनि प्रभावमा परेर फैसला गरिनँ : प्रधानन्यायाधीश जबरा

बुधबार, २७ साउन २०७८, २० : १७
बुधबार, २७ साउन २०७८

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायपालिकामाथि दोष दिने काम नगर्न आग्रह गरेका छन् । प्रधानन्यायाधीश जबराले न्यायपालिकाले गर्ने फैसला समाज र नागरिकसँग अभिप्रेरित हुने भएकाले त्यसलाई दोष दिने काम गर्न नहुने तर्क समेत गरे । नेपाल कानुन व्यवसायी परिषदले बुधबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले न्यायपालिकाले जहिले पनि समाजलाई हेरेर फैसला गरिरहने हुनाले यसलाई दोष दिने ठाउँ नरहेको बताए ।

उनले भने- ‘न्यायपालिकाले गर्ने सबै फैसलाहरू समाज र नागरिकसँग अभिप्रेरित हुन्छ । र समाजलाई हेरेर नै जहिले पनि न्यायपालिकाले फैसला गरिरहेको हुन्छ । न्यायपालिकालाई निरन्तर अघि बढिरहन दिनुपर्दछ । अथवा न्यायपालिकालाई दोष पनि दिनुहुन्न् । र, महत्व पनि दिनुहुन्न् । यो आफैं महत्वपूर्ण निकाय हो । यसले नागरिकलाई जहिले पनि मार्गनिर्देशन गर्दछ । नागरिकभित्र देशका सबै नागरिकहरु राष्ट्रपतिदेखि सबै पर्दछन् । देशका सबै निकायहरु यसै अन्तरगत पर्दछन् ।’

प्रधानन्यायाधीश जबराले आफूले कहिल्यै पनि दवाव र प्रभावमा परेर फैसला गर्ने नगरेको दावी समेत गरे । कार्यक्रममा बोल्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानको रक्षाका निम्ति सर्वोच्च अदालतले पछिल्लो समयमा खेलेको भूमिका विश्वकै लागि उदाहरणीय भएको बताए ।

उनले कानुनी राज्यको स्थापना गरी मुलुकलाई समृद्ध बनाउने अभियानमा सबैलाई लाग्न पनि आह्वान गरे । मन्त्री कार्कीले मुलुकको समृद्धि र विकास सबैको चाहना भएको उल्लेख गर्दै त्यसमा हरेक क्षेत्रको योगदानको आवश्यकतामा पनि जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप