अफगानिस्तानबाट नेपालीको उद्धार नगरे संसद् चल्न नदिने एमालेको चेतावनी
बिहीबार, २८ साउन २०७८, १९ : ००
नेकपा एमालेका सांसद खगराज अधिकारीले अफगानिस्तानबाट नेपालीहरुको उद्धार नगरे संसद् चल्न नदिने चेतावनी दिएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै अधिकारीले अफगानिस्तानमा भइरहेको द्वन्द्वका कारण त्यहाँ रहेका नेपालीहरुलाई स्वदेश फर्काउन पहल गर्न सरकारसँग माग गरेका हुन् ।
प्रतिनिधि सभा बैठकमा उनले भने– ‘सरकारले तुरुन्त अफगानिस्तानबाट त्यहाँ रहेका नेपालीलाई उद्धार गरेर ल्याउने काम गरोस् हैन भने यो सरकार नालायक छ भनेर संसदमा हामी भन्नेछौँ । त्यहाँका नेपालीलाई सरकारले फर्काएर नल्याएसम्म संसदमा हामी काम गर्न दिदैनौँ । उनीहरुलाई सुरक्षित रुपमा नेपाल अवतरण गराइयोस्, यही माग गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकैपटक ६० सहसचिवको सरुवा (सूची)
-
सभामुखसँग कांग्रेसले भन्यो : नीति तथा कार्यक्रमपछि संसद्मा विरोध जारी रहन्छ
-
राजीनामा नदिएको भए उपेन्द्र यादवलाई गलहत्त्याएर निकालिन्थ्यो : माधव नेपाल
-
बारामा स्वास्थ्य बीमा कार्यक्रम : अस्पतालमा औषधि छैन, डाक्टरको सेवा पनि पाइँदैन
-
तस्बिरमा हेर्नुहोस् एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक, तस्बिरहरू
-
नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट पारित