मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

‘बिग बोस’ की प्रतिष्पर्धी मुस्कान भन्छिन्, ‘आर्कषण पुरुषसँग हुन्छ तर महिलासँग नै जीवन बिताउन चाहान्छु’

शुक्रबार, २९ साउन २०७८, ०७ : ३२
शुक्रबार, २९ साउन २०७८

बिग बोस’ को १५ औं सिजन ‘बिग बोस ओटीटी’ की प्रतिस्पर्धी मुस्कान जट्टानाले आफू ‘बायोसेक्सुअल’ भएको खुलाएकी छन् । 

सामाजिक सञ्जालमा मुस नामले चिनिने मुस्कानले सेक्सुएलिटीको विषयमा कुराकानी गर्ने क्रममा आफू पुरुष र महिला दुवैसँग आकर्षित हुने बताएकी हुन् । 

सामाजिक सञ्जालमा फेशन, कपडाका कारण चर्चामा रहेकी मुस्कानले शोमा प्रतिक सहजपालसँग कुराकानी गर्दै भनेकी छन्, ‘म केटाहरूसँग आकर्षित हुन्छु तर केटीहरुसँग सम्बन्ध बनाउनु मेरा लागि धेरै जरुरी छ ।’ 

पञ्जाबी–अष्ट्रेलियन मुस्कान केटाभन्दा केटीसँग जीवन बिताउन चाहन्छिन् । 

बिग बोसमा उनको कनेक्शन कोरियोग्राफर निशान्त भट्टसँग रहेको छ । यद्यपि, उनी प्रतिक सहजपालसँग नजिक छिन् । धेरैपटक शोमा मुस्कानले अपशब्द प्रयोग गरेकी छन् । उनको भोजपुरी अभिनेत्री अक्षरासँग पनि भनाभन भइसकेको छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप