आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

मिल्दाजुल्दा डोमेनका न्युज पोर्टल सूचीकरण नगर्ने काउन्सिलको निर्णय

शुक्रबार, २९ साउन २०७८, १५ : ३२
शुक्रबार, २९ साउन २०७८

प्रेस काउन्सिल नेपालले आपसमा मिल्दाजुल्दा डोमेनका न्युज पोर्टल सूचीकरण नगर्ने भएको छ ।  काउन्सिलले शुक्रबार सूचना जारी गर्दै दर्ता भइ सञ्चालन भइसकेका चर्चित मिडियालाई आधार बनाइ अगाडि वा पछाडि कुनै अङ्क वा अक्षर जोडेर डोमेन दर्ता÷मिडिया दर्ता गराइ मिल्दोजुल्दो मास्टहेड, लोगो र नाम (Domain Name) लिएर सूचीकरण हुन आएमा त्यस्ता न्युज पोर्टललाई सूचीकरण नगर्ने जनाएको हो । हालै बसेको काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको बैठकमा यस्तो निर्णय गरेको काउन्सिलले जनाएको छ ।

विधिवत् रुपमा पहिले नै सञ्चालित अनलाइन मिडियाबाट यस्ता विषयमा काउन्सिलमा पटकपटक उजुरी÷गुनासाहरू आउने गरेको सूचनामा उल्लेख छ । अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका–२०७३ (पहिलो संशोधन, २०७४) मा अनलाइन सञ्चारमाध्यम सूचना तथा प्रसारण विभागमा दर्ता हुने व्यवस्था छ ।

पत्रकार आचारसंहिता पालना सम्बन्धमा अनुगमन एवं निरीक्षण र अभिलेखीकरणका लागि प्रेस काउन्सिल नेपालले सूचीकरण गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप