बलात्कारका घटना : प्रदेश १ सबैभन्दा अगाडि
जबरजस्ती करणी अपराधमा प्रदेश नम्बर १ सबैभन्दा अगाडि देखिएको छ । नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७–७८ मा प्रदेश नम्बर १ मा ६०२ वटा जबरजस्ती करणीका उजुरी दर्ता भएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरका अनुसार गत आर्थिक वर्षमा देशभर २ हजार ५३२ वटा जबरजस्ती करणीका घटना हुँदा प्रदेश नम्बर १ मा मात्रै ६०२ वटा घटना भएका छन् ।
जबरजस्ती करणी उद्योग (करणी प्रयास) मा पनि प्रदेश नम्बर १ नै अगाडि देखिएको छ । गत आर्थिक वर्षमा प्रदेश नम्बर १ मा १६८ वटा जबरजस्ती करणी उद्योगका उजुरी दर्ता भएका छन् । प्रत्येक वर्ष बढ्दै गएको बलात्कार र जबरजस्ती करणी उद्योगका उजुरी एवं मुद्दामा प्रत्येक वर्ष प्रदेश नम्बर १ मा यस्ता घटना बढी हुने गरेको पाइएको छ । गत आर्थिक वर्षमा प्रदेश नम्बर २ मा जबरजस्ती करणीका ३७५ र जबरजस्ती करणी उद्योगका ११५ वटा घटना प्रहरीकोमा आएका छन् ।
त्यसैगरी बागमती प्रदेशमा गत आर्थिक वर्षमा ३ सयवटा जबरजस्ती करणीका घटना प्रहरीको जानकारीमा आएको छ भने ८८ वटा जबरजस्ती करणी उद्योगका घटना भएका छन् । वागमती प्रदेशमै पर्ने काठमाडौं, भक्तपुर र ललितपुर गरी उपत्यकामा गत आर्थिक वर्षमा २२७ वटा बलात्कारका घटना भएका छन् भने ४० वटा जबरजस्ती करणी उद्योगको घटना भएको प्रहरीले जनाएको छ ।
आर्थिक वर्ष २०७७–७८ मा गण्डकी प्रदेशमा २०९ वटा बलात्कारका घटना भएका छन् भने ५६ वटा करणीका प्रयास भएका छन् । गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा ४३८ वटा जबरजस्ती करणीका घटना भएका छन् भने १३४ वटा जबरजस्ती करणी प्रयास भएको घटना प्रहरीको जानकारीमा आएको छ ।
त्यस्तै कर्णाली प्रदेशमा गत आर्थिक वर्षमा १५५ वटा जबरजस्ती करणीका घटना भएका छन् भने ४६ वटा जबरजस्ती करणी उद्योगका घटना भएका छन् । सुदूरपश्चिम प्रदेशमा गत आर्थिक वर्षमा २२६ वटा जबरजस्ती करणीका घटना भएका छन् भने ८९ वटा जबरजस्ती करणी उद्योगका घटना भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण