बिग बोस ओटीटी : करण जौहरले दिव्यालाई भने,‘शोको आवश्यकता नभए निस्केर गए हुन्छ’
चर्चित टेलिभिजन शो बिग बोसको नयाँ सिजन ‘बिग बोस ओटीटी’ यतिबेला चर्चामा छ । यस शोको पहिलो ‘सन्डेका वार’ पनि प्रशारण गरिएको छ । पहिलो ‘सन्डेका वार’ शोको होस्ट करण जौहरले गरेका छन् । उनी यो शोमा अलि बढि नै रिसाएका देखिन्छन् ।
शोको सबैभन्दा पहिलो ‘सन्डेका वार’ मा करणले दिव्या अग्रवाललाई झपारेका छन् ।
शोमा आएपछि दिव्याले धेरैपटक चर्चामा आउन आफूलाई शोको आवश्यकता नभएको बताउँदै आएकी छन् । शोको पहिलो दिनमा नै प्रतिकसँगको भनाभनमा उनले आफूलाई भन्दा प्रतिकलाई शोको आवश्यकता भएको बताएकी थिइन् ।
प्रतिकले उनको भनाइको तात्पर्य साधेपछि उनले भनेकी थिइन्, ‘मेरो करियर खस्किँदा मलाई बिग बोसको जरुरत पर्दैन । मलाई यो शो निकै मन पर्छ ।’
दिव्याले बिग बोसको घरमा धेरैपटक यो वाक्य बोलेकी छन् । उनले बोलेको उक्त वाक्य करण जौहरलाई मन परेन । उनले दिव्यालाई शोको आवश्यकता नभएर शो छोडेर बाहिरिन पनि अनुरोध गरेका छन् । उनले भनेका छन्, ‘यो कुनै पिकनिक स्पट हैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण