२१ वर्षको उमेरमा १२ वर्ष जेठी अमृतासँग विवाह गरेका सैफले सम्बन्धविच्छेदपछि भने, ‘संसारकै नराम्रो चीज’
बलिउड अभिनेता सैफ अली खान आज ५१ औं जन्मदिन मनाइरहेका छन् । उनले ५१ औं जन्मदिन मनाइरहँदा जीवनका केही रोचक तथ्यहरु सार्वजनिक भएका छन् । आफूभन्दा १२ वर्ष जेठी अभिनेत्री अमृता सिंहसँग विवाह गरे । उनको विवाहको निर्णयले धेरैलाई आश्चर्यमा पारेको थियो । तर, उनीहरुको विवाह सधैँलाई टिक्न सकेन र सन् २००४ मा सम्बन्धविच्छेद भयो ।
सैफ अलीले अमृतासँग सम्बन्धविच्छेद भएको विषयमा लामो समयसम्म केही बोलेनन् । उनले सम्बन्धविच्छेद भएको १६ वर्षपछि अन्तरवार्ता दिने क्रममा उनले सम्बन्धविच्छेदको बारेमा खुलेर बताएका थिए । उनले छोरी सारा र छोरा इब्राहिमलाई सम्बन्धविच्छेदको बारेमा जानकारी गराउँदा नराम्रो लागेको बताए । उनले भने, ‘ सारा र इब्राहिमलाई सम्बन्धविच्छेदको बारेमा भन्नु मेरो लागि संसारकै सबैभन्दा नराम्रो कुरा थियो । यस्तो पीडादायी क्षण थियो त्यो जुन पल आजसम्म पनि म भुल्न सक्दिन ।’
उनले सम्बन्धविच्छेदको घटनालाई सम्झिँदै त्यस पलले उनलाई कहिल्यै शान्ति नदिएको बताए । उनले भने, ‘ विवाह गर्ने समयमा म २१ वर्षको थिए । अमृता म भन्दा १२ वर्ष जेठी थिइन् । मातापिता पनि विवाहको विरोधमा हुनुहुन्थ्यो ।’
सैफ र अमृताले सन् १९९१ मा विवाह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
-
स्याङ्जाका उत्कृष्ट कृषक सम्मानित
-
कासिमिरोको गोलसँगै ब्राजिल र जापान १–१ को बराबरीमा, खेल रोमाञ्चक मोडमा
-
१२ बजे १२ समाचार: कर्णालीका मन्त्रीको मनपरीदेखि विद्यार्थी सङ्गठनका संरचना हटाउन निर्देशनसम्म
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण