सिरहामा लागुऔषधसहित दुई युवक पक्राउ
बुधबार, ०२ भदौ २०७८, १२ : १५
सिरहा प्रहरीले प्रतिबन्धित लागुऔषधसहित २ जना युवकलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले गोलबजार नगरपालिका ३ गागन पुलमा चेकजाँचको क्रममा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिरहाको बरियारपट्टी गाउँपालिका ३ का २२ वर्षीय प्रमोदकुमार यादव र सुखिपुर नगरपालिका १० का २८ वर्षीय धनजीत यादव रहेका छन् । उनीहरुलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथबाट नाइट्रोभेट ट्याबलेट ९ सय थान, उनीहरु सवार मोटरसाइकल एक थान र ३ हजार ३ सय ४६ रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय गोल बजारमा राखेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण