सिरहामा लागुऔषधसहित दुई युवक पक्राउ
बुधबार, ०२ भदौ २०७८, १२ : १५

सिरहा प्रहरीले प्रतिबन्धित लागुऔषधसहित २ जना युवकलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले गोलबजार नगरपालिका ३ गागन पुलमा चेकजाँचको क्रममा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिरहाको बरियारपट्टी गाउँपालिका ३ का २२ वर्षीय प्रमोदकुमार यादव र सुखिपुर नगरपालिका १० का २८ वर्षीय धनजीत यादव रहेका छन् । उनीहरुलाई लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथबाट नाइट्रोभेट ट्याबलेट ९ सय थान, उनीहरु सवार मोटरसाइकल एक थान र ३ हजार ३ सय ४६ रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय गोल बजारमा राखेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।