रेशम चौधरीले रोजे महन्थ ठाकुर पक्ष
जनता समाजवादी पार्टी पार्टी (जसपा) नेपालका नेता रेशम चौधरीले महन्थ ठाकुर पक्षलाई रोजेका छन् । हाल कारागारमा रहेका चौधरीले पार्टी विभाजनका बेला ठाकुर पक्षलाई रोजेका हुन् ।
पार्टी आधिकारिकता विवादमा ‘हेडकाउन्ट’ को बेला तटस्थ बसेका चौधरीले विभाजनका बेला भने ठाकुर पक्षलाई साथ दिएका छन् । नयाँ दल दर्ताका लागि ठाकुर पक्षले निर्वाचन आयोगमा बुझाइएको निवदेनमा चौधरीको पनि हस्ताक्षर रहेको छ ।
उपेन्द्र यादव नेतृत्वको जसपाबाट फुटेर जसपा लोकतान्त्रिक पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । सो पार्टीले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको छ भने दर्ता नम्बर ४३४ रहेको छ । पार्टीको अध्यक्ष महन्थ ठाकुर रहेका छन् भने वरिष्ठ नेतामा राजेन्द्र महतो रहेका छन् । यस्तै २४ जनाको कार्यकारिणी समिति बनाइएको छ भने २४ जनामध्येबाट छिट्टै पदाधिकारी गठन गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकार पनि पालो पालो नेतृत्व गर्ने समझदारी छ : गृहमन्त्री लेखक
-
‘जलविद्युत क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर बजेट ल्याउनुपर्छ’
-
शुभमन बने भारतको नयाँ टेस्ट कप्तान, पन्त उपकप्तान
-
लेभरकुसेनका मिडफिल्डर विर्ट्जलाई अनुबन्ध गर्ने लिभरपुलको इच्छा, तोडिन सक्छ ब्रिटिस रेकर्ड
-
सर्लाहीमा टिपर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक गम्भीर घाइते
-
अर्को मोहम्मद रफी कहिल्यै आउने छैनन्