रेशम चौधरीले रोजे महन्थ ठाकुर पक्ष
जनता समाजवादी पार्टी पार्टी (जसपा) नेपालका नेता रेशम चौधरीले महन्थ ठाकुर पक्षलाई रोजेका छन् । हाल कारागारमा रहेका चौधरीले पार्टी विभाजनका बेला ठाकुर पक्षलाई रोजेका हुन् ।
पार्टी आधिकारिकता विवादमा ‘हेडकाउन्ट’ को बेला तटस्थ बसेका चौधरीले विभाजनका बेला भने ठाकुर पक्षलाई साथ दिएका छन् । नयाँ दल दर्ताका लागि ठाकुर पक्षले निर्वाचन आयोगमा बुझाइएको निवदेनमा चौधरीको पनि हस्ताक्षर रहेको छ ।
उपेन्द्र यादव नेतृत्वको जसपाबाट फुटेर जसपा लोकतान्त्रिक पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । सो पार्टीले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको छ भने दर्ता नम्बर ४३४ रहेको छ । पार्टीको अध्यक्ष महन्थ ठाकुर रहेका छन् भने वरिष्ठ नेतामा राजेन्द्र महतो रहेका छन् । यस्तै २४ जनाको कार्यकारिणी समिति बनाइएको छ भने २४ जनामध्येबाट छिट्टै पदाधिकारी गठन गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण