‘सुपर डान्सर’ को सेटमा फर्किइन् शिल्पा
अभिनेत्री शिल्पा शेट्टी डान्स रियालिटी शो ‘सुपर डान्सर ४’ को सेटमा फर्किएकी छन् । अश्लिल भिडियो निर्माणको मामिलामा पति राज कुन्द्रा पक्राउ परेपछि उनले शोबाट ब्रेक लिएकी थिइन् । कुन्द्राको पक्राउ परेपछि शिल्पा पनि विवादमा तानिएकी थिइन् । त्यसैले उनले शोबाट ब्रेक लिएकी हुन् । यसै साताबाट भने उनी शोमा फर्किएको मिडिया जनाएका छन् । यसै साता प्रसारण हुने शोमा शिल्पा देखिनेछिन् ।
शिल्पा शोमा देखिने भएपछि फ्यान उत्साहित भएका छन् । शोबाट ब्रेक लिएपछि जजका रुपमा उनको अभाव खड्किएको दर्शकले महशुस गरेका थिए । शिल्पा सन् २०१६ देखि नै यो शोमा निर्णायकको भूमिका निर्वाह गर्दै आएकी छन् । शोमा शिल्पाको अलवा अनुराग बसु र गीता कपूर निर्णायकको रुपमा देखिने गरेका छन् ।
शिल्पाको अनुपस्थितिमा शोमा संगीता बिजलानी, ज्याकी श्राफ, टेरेन्स लुइस, सोनाली बेन्द्रे, मौसमी चटर्जी र करिश्मा कपुर अतिथिका रुपमा सहभागी भएका थिए । शिल्पाका श्रीमान् कुन्द्रा १९ जुलाइमा गिरफ्तारीमा परेका थिए । कुन्द्रा पक्राउ परेको भोलिपल्ट शिल्पाले सुपर डान्सरको सुटिङ नगर्ने फैसला लिएकी थिइन् । कुन्द्रा पक्राउ परेपछि शिल्पा समेत सामाजिक सञ्जाल प्रयोगकर्ताको तारो बनेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
-
स्याङ्जाका उत्कृष्ट कृषक सम्मानित
-
कासिमिरोको गोलसँगै ब्राजिल र जापान १–१ को बराबरीमा, खेल रोमाञ्चक मोडमा
-
१२ बजे १२ समाचार: कर्णालीका मन्त्रीको मनपरीदेखि विद्यार्थी सङ्गठनका संरचना हटाउन निर्देशनसम्म
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण