अष्टलक्ष्मीको ‘यू–टर्न’
बिहीबार, ०३ भदौ २०७८, ०६ : ४६
बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन् । संविधानको धारा १६८ को १ अनुसार प्रदेश प्रमुख विष्णुप्रसाद कोइरालाले शाक्यलाई बहुमतको आधारमा बुधबार साँझ मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
एमालेभित्र माधव नेपाल पक्षका दरिलो नेता शाक्यले दल विभाजनको अन्तिम समयमा नेपालको साथ छोडेकी हुन् । त्यसपछि बुधबार दिउँसो बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकमा दलको नेताबाट मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिए । पौडेलको राजीनामापछि शाक्यलाई सर्वसम्मत दलको नेता चयन गरियो । बुधबारै पौडेलले मुख्यमन्त्री पदबाट राजीनामा दिए । उनको राजीनामापछि शाक्य मुख्यमन्त्री बनेकी छन् । याे समाचार अन्नपूर्ण पाेस्टमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा श्रेष्ठ नियुक्त
-
महत्त्वपूर्ण क्षेप्यास्त्र भण्डार अभावको जोखिममा अमेरिका
-
बालेनसँगकाे छलफलदेखि उठेका विभिन्न प्रश्नबारे रवि लामिछानेले के भने ?
-
अभिषेक गिरीको दादागिरीः कन्स्ट्रक्सनको टिप्पर र स्काभेटर कवाडीमा बेचे, बुढानिलकण्ठको घर कब्जा
-
सरकारले गम्भीर मुद्दाबाट ध्यान मोड्न खोज्यो : कांग्रेस सचेतक राई
-
पर्यटक लोभ्याउने ‘ठूली दह’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण