प्रदीप नेपाल भन्छन्– म माधव नेपालको मान्छे हुँ
नेकपा एमालेका नेता प्रदीप नेपालले आफु माधव नेपालको मान्छे भएको बताएका छन् । एमाले अध्यक्ष केपी ओलीसँग वैधानिक विद्रोह गरेर माधव नेपालले बुधबार नेकपा एमाले समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिँदा प्रदीपको नाम समेत केन्द्रीय सदस्यमा राखिएको छ । तर, माधवको पार्टीमा प्रदीपको नाम राखेपछि ओली पक्षले प्रदीपले एमाले नछोडेको दावी गर्दै आएको छ ।
पार्टी फुट्दा तानातानमा परेका नेता नेपालले बिहीबार आफ्नो फेसबुक पेजमा आफु माधव नेपालको मान्छे भएको र आफ्नो कुनै कमिटी नभएकाले ६ बर्षदेखि कमिटी विहीन अवस्थामा रहेको प्रस्ट पारेका छन् ।
‘म माधव नेपालको मान्छे हुँ । अहिले मेरो कुनै कमिटी छैन । ६ बर्षदेखि म कमिटी विहीन अवस्थामा छु’ प्रदीपले सामाजिक सञ्जालमा भनेका छन् ।
यता, माधव नेपालको पार्टीमा केन्द्रीय सदस्यका रुपमा रहेका कृष्ण खनाल र भानुभक्त जैसीले भने बुधबार नै आफुहरु ओली पक्षमै रहेको सामाजिक सञ्जाल फेसबुकमार्फत प्रस्ट पारिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
-
'खान सर'विरुद्ध एफआईआर दर्ता, पक्राउको सम्भावना
-
उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेन: पूर्वअर्थमन्त्री पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण