सुपर डान्सर ४ को सेटमा शिल्पा शेट्टीको भव्य स्वागत, भावुक भइन् नायिका
बलिउड नायिका शिल्पा शेट्टीले अन्ततः तीन हप्ताको लामो ब्रेकपछि सुपर डान्सर ४ को सेटमा फिर्ती गरेकी छिन् । १८ अगस्टमा शिल्पाले शोका लागि सुट गरिन् । खबरका अनुसार शिल्पाको भव्य स्वागत गरियो जुन देखेर नायिका भावुक भइन् ।
सुपर डान्सरको सेटमा आएर भावुक भइन् शिल्पा शेट्टीः
बलिउड लाइफले आफ्नो रिपोर्टमा स्रोतलाई उद्धृत गर्दै सुपर डान्सर ४ को सेटमा निर्णायक र प्रतियोगीले शिल्पाको भव्य स्वागत गरेका थिए । यो देखेर नायिका निकै भावुक भएकी थिइन् । शिल्पाको आँखामा आँसु आएको थियो । त्यसपछि सुपर डान्सरको टीमले शिल्पा शेट्टीलाई सम्झाए । कार्यक्रममा फर्किएपछि शिल्पा शेट्टी आफ्नो पुरानो शैलीमा फिर्ता भइन् । शिल्पा शेट्टीले प्रतियोगीको तारिफ गरिन् । यसबाहेक उनले आफ्नो सिग्नेचर स्टाइलमा प्रतियोगीको प्रस्तुतीमाथि प्रतिक्रिया दिइन् ।
१९ जुलाईमा राज कुन्द्राको गिरफ्तारीपछि नै शिल्पा शेट्टीले आफूलाई लो प्रोफाइलमा राखेकी थिइन् । उनी सार्वजनिक स्थानमा आइरहेकी थिइनन् । सोसल मिडियमा पनि खासै सक्रिय भइनन् । शिल्पा नहुँदा सुपर डान्सर ४ मा करिश्मा कपुर, सोनाली बेन्द्रे, रितेश देशमुख, जेनेलिया डिसूजा, ज्याकी श्रोफ, संगीता बिजलालीजस्ता कलाकारको उपस्थिति रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण