कमेडी लाइभ शो ‘हाम्रो घर’ ल्याउँदै महादेव
नेपाली जादुगरको रुपमा चर्चित कलाकार महादेव त्रिपाठीले कमेडी लाइभ शो ‘हाम्रो घर’ सञ्चालनमा ल्याउने भएका छन् । मेघा टेलिभिजनबाट उनले प्रत्येक शुक्रबार र शनिबार साँझ उक्त शो ल्याउन लागेका हुन् । बिभिन्न कमेडी, व्यङ्ग्यका लाइफ प्रस्तुति समेत उनको शोमा रहनेछ । समसामयिक, राजनीतिलगायत सर्वसाधारणसँग प्रत्यक्ष सरोकार रहने विषयवस्तु ब्यङ्ग्यका रुपमा कलाकारको माध्यमबाट कार्यक्रममा प्रस्तुत हुनेछन् ।
कार्यक्रममा महादेवको अलवा मनिषा थापा, यस गिरी, बाल कलाकार नेरिस्का स्थापित, रोहित थापामगर, अपेक्षा शेरचन, योगिशा खत्री, आयुष बस्नेतलगायले प्रस्तुति राख्नेछन् । दर्शकसँग समेत प्रत्यक्ष कुराकानी गर्दै उनीहरुले उठाएको विषयको समेत कलाकारले अभिनयमार्फत लाइभ कार्यक्रममा प्रस्तुत गर्ने आफ्नो कार्यक्रमको रहेको कलाकार त्रिपाठीले बताए ।
‘दर्शकलाई मेरो कार्यक्रमले मनोरञ्जन मात्र दिँदैन कलाकारसँग पनि जोड्ने छ’ त्रिपाठीले भने, ‘दर्शकले कार्यक्रममा आफुले चाहेको बिषयमा मज्जाले हाँस्न पाउनेछन् ।’ नेपाली टेलिभिजनको इतिहासमा आफ्नो कार्यक्रमको फरम्याट अहिलेसम्मकै फरक भएको दाबी गरेका त्रिपाठीले कार्यक्रम दर्शकको रोजाइमा छिट्टै पर्ने दाबी गरे । कार्यक्रम ११ भदौबाट प्रसारणमा आउँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण