सुनको मूल्य तोलामा ४ सयले बढ्यो
शुक्रबार, ०४ भदौ २०७८, ११ : ३२
आज शुक्रबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य हिजो बिहीबारको भन्दा ४०० रुपैयाँले बढेको बताएको छ । जसअनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । यसैगरी, आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ तोकिएको छ ।
सुनचाँदी व्यवसायी महासंघले हिजो बिहीबार छापावाल सुन प्रतितोला ९० हजार ८०० र तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा किनबेच भएको बताएको छ । आज चाँदीको मूल्य भने उकालो लागेको छ ।
तोलामा १५ रुपैयाँले बढेको चाँदी आज प्रतितोला एक हजार १९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । हिजो बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार १८० रुपैयाँ कायम थियो ।
यसअघिको समाचारमा अन्यथा भएकाले भुल सुधार गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण