सुनको मूल्य तोलामा ४ सयले बढ्यो
शुक्रबार, ०४ भदौ २०७८, ११ : ३२

आज शुक्रबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य हिजो बिहीबारको भन्दा ४०० रुपैयाँले बढेको बताएको छ । जसअनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । यसैगरी, आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ तोकिएको छ ।
सुनचाँदी व्यवसायी महासंघले हिजो बिहीबार छापावाल सुन प्रतितोला ९० हजार ८०० र तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा किनबेच भएको बताएको छ । आज चाँदीको मूल्य भने उकालो लागेको छ ।
तोलामा १५ रुपैयाँले बढेको चाँदी आज प्रतितोला एक हजार १९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । हिजो बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार १८० रुपैयाँ कायम थियो ।
यसअघिको समाचारमा अन्यथा भएकाले भुल सुधार गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् कोषमा चार अर्ब ६५ करोड बढी मौज्दात
-
सहमतिबाटै अध्यक्ष टुङ्ग्याउन वाईसीएलका नेताहरू खुमलटारमा
-
१६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेसको लगातार दोस्रो जित
-
पूर्वसभामुख सापकोटाविरुद्धको मुद्दामा सुनुवाइ सकियो
-
विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन समुदाय परिचालन जरुरी : मुख्यमन्त्री आचार्य
-
ललितपुरमा बाटो चौडा बनाउने क्रममा पोलले लागेर एक जनाको मृत्यु, ठैब क्षेत्र तनाग्रस्त