यसरी भयो राष्ट्र बैंकबाटै अर्बौ कोषको दुरुपयोग
नियम विपरित राष्ट्र बैंकबाटै मनलाग्दी कोषको दुरुपयोग भएको पाइएको छ । बैंक तथा वित्तीय संस्थाको नियामक निकाय समेत रहेको राष्ट्र बैंकबाट गत आर्थिक वर्ष २०७६/७७ मा नियम विपरित अतिरिक्त भत्ताबापत १ अर्ब २४ करोड ४५ लाख ३२ हजार रुपैयाँ खर्च भएको भेटिएको हो ।
२०७५ बैशाख २३ गते जारी सरकारी खर्चमा मितव्ययिता सम्बन्धी निर्देशिका, २०७५ को बुँदा २६ ले सबै सरकारी निकायले प्रदान गर्ने महँगी भत्ता, लुगा भत्ता र स्थानीय भत्ताबाहेक अन्य सबै प्रकारका भत्ता खारेज गरेको छ । तर नेपाल राष्ट्र बैंकले सो निर्देशिका विपरित गत आर्थिक वर्ष २०७६/७७ मा बैंक भत्ता, खाजा भत्ता, वार्षिकोत्सव भत्ता, क्लोजिङ्ग भत्ता, इन्टरनेट भत्ता, आउट स्टेसन भत्ता लगायत कर्मचारी कल्याण कोष समेत गरी अतिरिक्त १५ भन्दा बढी शीर्षकमा भत्ता विवरण खुलाई खर्च गरेको भेटिएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण