विद्युत् प्राधिकरणको बक्यौता ३२ अर्ब
नेपाल विद्युत् प्राधिकरणको महसुल बक्यौता मात्र ३२ अर्ब १८ करोड ५१ लाख रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७६-०७७ सम्ममा मात्र यति धेरै वक्यौता बाँकी रहेको शुक्रबार सार्वजनिक महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७८ ले देखाएको छ ।
यो अघिल्लो वर्षको तुलनामा ७२.५३ प्रतिशत बढी हो । ट्रक तथा डेडिकेटेड लाइनतर्फको ४९ ग्राहकबाट मात्र १५ अर्ब ५३ करोड ५८ लाख अर्थात यो कुल वक्यौताको ४८.२७ प्रतिशत हो । यसबाहेक सडक ३ अर्ब ५३ करोड ५९ लाख बाँकी छ ।
प्राधिकरणले विलिङ गरेपछि आम्दानीको रुपमा देखाउने भएकाले ठूलो रकम बक्यौता भएपनि नाफा भने धेरै सार्वजनिक गर्दै आएको छ । महालेखाका अनुसार प्राधिकरणले आर्थिक वर्ष २०७६-०७७ मा ११ अर्ब ६८ करोड रुपैयाँ खुद आम्दानी (नाफा) गरेको छ ।
जुन आव २०७५-०७६ मा ९ अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको थियो । प्राधिकरणले असुल गर्नुपर्ने ट्रंक र डेडिकेटेडको महसुलका लागि आव २०७५-०७६ मा ६ अर्ब ३४ करोड रुपैयाँको बिजक अर्थात् बिल जारी नगरेकोमा सो रकममध्ये आव २०७६-०७७ मा २ अर्ब १५ करोडको बिल जारी गरेको छैन ।
आम्दानी, खर्च र नाफाको आधारमा विद्युत् चुहावट लेखांकन गरिने नियमअनुसार महालेखा र प्राधिकरणको वित्तीय विवरण फरक परेकाले चुहावटको अंक पनि मिलेको छैन । महालेखाका अनुसार आव २०७५-०७६ मा १६.६२ प्रतिशत रहेको चुहावट आव २०७६-०७७ मा १५.९९ प्रतिशतमा कायम भएको छ । याे समाचार काराेबार दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद ऐन महरलाई कसले दियाे ज्यान मार्ने धम्की ?
-
भवन र शय्या हुनु मात्रै बर्न उपचारको सुनिश्चितता होइन : खुश्बु ओली
-
मन्त्रीको सम्बोधनका क्रममा अवरोध र दोहोरो प्रश्न गरेको भन्दै बुर्लाकोटीद्वारा नियमापत्ति
-
‘हिजो प्रश्न गरेर सत्तामा पुग्नेहरू आज मुख थुन्न लागिपरे’
-
प्रतिनिधि सभाको बैठक बुधबार बस्ने गरी स्थगित
-
सरकार विकासमा भन्दा बढी विवादमा अल्झियो : सांसद राना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण