सांसद ऐन महरलाई कसले दियाे ज्यान मार्ने धम्की ?
सारांश
- नेकपा एमालेका सांसद ऐन महरले आफूलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की आएको बताएका छन् ।
- सांसद महरले सार्वजनिक गरेको स्क्रिन सटमा पराजुली राम नाम गरेको फेसबुक एकाउन्टबाट ज्यान मार्ने धम्की आएको देखिन्छ ।
- यस्ता गतिविधिले लोकतन्त्र, राष्ट्रियता र कानुनी शासनप्रतिको आफ्नो विश्वास कमजोर नपार्ने महरले बताएका छन् ।
काठमाडौँ । नेकपा एमालेका सांसद ऐन महरले आफूलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की आएको बताएका छन् । उनले मंगलबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै आफूलाई ज्यान मार्ने धम्की आएको जानकारी गराएका हुन् ।
लगत्तै सांसद महरले आफ्नो सामाजिक सञ्जालमार्फत पनि धम्की आएकोबारे जानकारी गराएका छन् । महरले सार्वजनिक गरेको स्क्रिन सटमा पराजुली राम नाम गरेको फेसबुक एकाउन्टबाट ऐन महरको स्ट्याटसमा कमेन्ट गर्दै लेखिएको छ, ‘आमा कसम, तँलाई गोली हानेर मार्छु,’ ।
धम्कीबारे प्रतिक्रिया दिँदै महरले यस्ता गतिविधिले लोकतन्त्र, राष्ट्रियता र कानुनी शासनप्रतिको आफ्नो विश्वास कमजोर नपार्ने बताएका छन् । उनले जनताको आवाज उठाउने र प्रश्न गर्ने अधिकारलाई धम्कीबाट रोक्न नसकिने उल्लेख गरेका छन्।
‘जबसम्म एक थोपा रगत र एक मुठी श्वास रहन्छ, जनताको आवाज बोल्न र प्रश्न गर्न रोक्न सकिँदैन,’ महरले भनेका छन् । महरले के बालेन्द्र शाहको शासनमा प्रश्नमाथि साँच्चिकै प्रतिबन्ध लागेकै हो ? भन्दै प्रश्नसमेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनोट प्रक्रियामा मन्त्रालयको त्रुटि, आवेदन प्रक्रिया रद्द
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
-
गणेश नेपालीकाे मृत्युपछि महानगर प्रहरी फेरि सडकमा
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण