मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
अपडेट

पाँच दिनपछि बढ्यो सेयर बजार

मङ्गलबार, ३० असार २०८३, १५ : ३२
मङ्गलबार, ३० असार २०८३

सारांश

  • पाँच दिनपछि सेयर बजार बढेको छ र नेप्से परिसूचक ६.११ अङ्कले बढेर २५७६.२९ बिन्दुमा पुगेको छ ।
  • आज १६४ कम्पनीको मूल्य बढ्दा १०१ कम्पनीको मूल्य घटेको छ ।
  • आज ३८३ स्क्रिपका १ करोड कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

काठमाडौँ । पाँच दिनपछि सेयर बजार बढेको छ। मङ्गलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.११ अङ्कले बढेर २५७६.२९ बिन्दुमा पुगेको हो ।

आज कुल १६४ कम्पनीको मूल्य बढ्दा १०१ कम्पनीको मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन । 

आज ३८३ स्क्रिपका १ करोड कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार १० प्रतिशत केबीएल डिभेन्चरको ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

आज १२ वटा उपसमूहको सूचकमा बढेको छ । उत्पादन तथा प्रशोधनमूलक समूह भने आज सामान्य घटेको छ ।  सबैभन्दा धेरै व्यापारमूलक क्षेत्र १.४७ प्रतिशतले बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप