सलमान खानलाई विमानस्थलमा रोक्ने जवानको मोबाइल फोन जफत, यस्तो छ कारण
बलिउडका सुपरस्टार सलमान खान आजकाल आफ्नो ‘टाइगर’ फ्रेन्चाइजकिो तेस्रो फिल्मको सुटिङको विषयमा चर्चामा छन् । टाइगर थ्री टाइगर सिरिजको तेस्रो फिल्म हो जसमा सलमान कट्रिना कैफसँग पुनः देखिनेछन् । सिरिजका दुईवटा फिल्म पहिले नै सुपरहिट भइसकेका छन् । फिल्मको सुटिङको सिलसिलामा हालै उनीहरु विदेश गएका थिए । दुबैलाई केही दिन अघि मुम्बईको एयरपोर्टमा देखिएको थियो । जहाँ ड्युटीमा तैनाथ सीआईएसएफ जवानले सलमान खानलाई रोकेका थिए र आइडेन्टिटी भेरिफिकेशन गराउन भने ।
सेलिब्रिटी फोटोग्राफर विरल भियानीले यो घटनाको एउटा भिडियो सेयर गरेका थिए, यो सोसल मिडियामा भाइरल भइरहेकाे छ र मानिसहरु सोसल मिडियामा सुरक्षाकर्मी ड्युटीमा सक्रिय भएको भन्दै प्रशंसा गरिरहेका छन् । तर यसैबीच सीआईएसएफ जवान सोमनाथ मोहन्तीको मोबाइल फोन जफत गरिएको छ । वास्तवमा यस्तो यसकारण गरियो ताकि अब सोमनाथ यो मुद्दामा मिडियासँग कुराकानी गर्न नसकून् । भारतीय मिडिया न्यूज१८ मा प्रकाशित रिपोर्टका अनुसार ती अधिकारीले सलमान खानलाई विमानस्थलमा रोकेको विषयमा सोमनाथ मोहन्तीले मिडियासँग कुराकानी गरेका थिए ।
A real gem of news. CISF jawan tells actor Salman Khan, who was trying to skip the line, to get the mandatory security check done at Mumbai airport pic.twitter.com/JK1lP1j2Sz
— Gems Of News (@GemsOfNews) August 21, 2021
अधिकारीका अनुसार यो प्रोटोकलको उल्लंघन हो । सोमनाथ मोहन्ती अब कुनै मिडियासँग कुराकानी गर्न नसकून् भन्नका लागि उनको मोबाइल जफत गरिएको छ । स्मरण रहोस्, टाइगर थ्रीको सुटिङका लागि रुस जान लागेका सलमान खानलाई सोमनाथ मोहंतीले विमानस्थलमा कागजातपत्र प्रमाणिकरणका लागि रोकेका थिए । प्रवेश गर्नु अघि सीआईएसएफ जवानले सुपरस्टारलाई आफ्नो कागजात देखाउन भनेका थिए ।
यो घटनाको भिडियो सोसल मिडियामा तीब्र रुपमा भाइरल हुन थाल्यो । त्यसपछि सोमनाथ मोहंतीको चौतर्फी तारिफ हुन थाल्यो । स्मरण रहोस्, ठूला स्टार्ससँग उनको समूह पनि यात्रा गर्छ जसका कारण कागजपत्र प्रमाणिकरणको काम पनि त्यहि समूहले गर्छन् ताकि कलाकार कुनै रोकटोक बिना नै प्रवेश गर्न सकून् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण