यातायात व्यवसायीलाई दिने कर्जामा लचकता
नेपाल राष्ट्र बैङ्कले यातायात व्यवसायीलाई दिने कर्जामा लचकता अपनाएको छ । बैङ्कले मौद्रिक नीति कार्यान्वयन गर्न आज मंगलबार ‘क’, ‘ ख’ र ‘ग’ वर्गका वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै लचकता अपनाउन भनेको हो ।
निर्देशनअनुसार कोभिड–१९ बाट अति प्रभावित यातायात व्यवसायीलाई सवारी साधन सञ्चालन तथा मर्मत सम्भारका लागि दिने ऋणमा कर्जा सीमा कायम नगरे हुने भएको छ । निर्देशनमा भनिएको छ, ‘बैङ्क तथा वित्तीय संस्थाले यातायात व्यवसायीलाई प्रति सवारी साधन २ लाखसम्म थप ऋण प्रदान गर्न सक्नेछन् ।’
कोभिड–१९ बाट अति प्रभावित यातायात व्यवसायीलाई दिइने यस्तो कर्जाका लागि इक्वीटी रेसियो र २०७९ असार मसान्तसम्ममा एकल ग्राहक कर्जा सीमा कायम नगरे हुने भएको छ । केन्द्रीय बैङ्कले महामारीबाट प्रभावित बनेका यातायात व्यवसायीलाई दिने राहतस्वरुप यस्तो व्यवस्था कायम गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
