चन्द्र ढकालले दिए धितोपत्र बोर्डबाट राजीनामा

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल धितोपत्र बोर्डको सञ्चालक समितिमा नबस्ने भएका छन् । उनले आज महासंघका अध्यक्षलाई पत्र लेख्दै बोर्डको सञ्चालक समितिको सदस्यमा नबस्ने जानकारी दिएको बताए । उनी महासंघको प्रतिनिधित्व गर्दै बोर्डको सञ्चालक बनेका थिए ।
रातोपाटीसँग बोल्दै उनले भने, ‘बोर्डमा नबस्ने बारेमा आज मैले महासंघलाई जानकारी दिएको छु । सायद महासंघले बोर्डलाई जानकारी दिइसकेको छ ।’ उनले महासंघको उपाध्यक्ष बस्नु अगाडि गरेको कारोबारको विषयलाई उचालेको भन्दै गुनासो पनि पोखे ।
‘यसअघि, महासंघका वरिष्ठ उपाध्यक्षको हैसियतले शेखरजी पनि बोर्डमा बस्नुभएको थियो । त्यही भएर यो पटक म बसेको हुँ’ उनले भने, ‘महासंघमा आउनु अगाडिको विषय यत्रो उचालिन्छ । व्यवसायी भएपछि भोलिका दिनमा अन्य कारोबार पनि गर्नुपर्छ । त्यसैले नबस्ने निर्णय गरेको हुँ ।’
खासगरी, उनी सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका थिए । ढकालले सेयर खरिद गरेको विषय उठेपछि महासंघले एक विज्ञप्ति जारी गर्दै ढकाल वरिष्ठ उपाध्यक्ष बन्नु अगाडि नै सेयर खरिद भइसकेको जानकारी दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पाको तिनाउ ड्याम साइडमा डुबेका भारतीय युवक बेपत्ता
-
बागमती सरकारको नीति कार्यक्रम जेठ १४ मा आउने
-
ऋषिकेशपत्नी अञ्जला जोडिएको ठगी मुद्दाको पेसी तेस्रो पटक सर्यो
-
मधेस प्रदेश मन्त्रिपरिषद् पुनर्गठन
-
कस्तो नीति तथा कार्यक्रम ल्याउने ? बागमती सरकारलाई माओवादीले दियो यस्तो सुझाव
-
हुम्लामा विपद् : एक हप्तापछि पठाइयो राहत सामग्री