चन्द्र ढकालले दिए धितोपत्र बोर्डबाट राजीनामा
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल धितोपत्र बोर्डको सञ्चालक समितिमा नबस्ने भएका छन् । उनले आज महासंघका अध्यक्षलाई पत्र लेख्दै बोर्डको सञ्चालक समितिको सदस्यमा नबस्ने जानकारी दिएको बताए । उनी महासंघको प्रतिनिधित्व गर्दै बोर्डको सञ्चालक बनेका थिए ।
रातोपाटीसँग बोल्दै उनले भने, ‘बोर्डमा नबस्ने बारेमा आज मैले महासंघलाई जानकारी दिएको छु । सायद महासंघले बोर्डलाई जानकारी दिइसकेको छ ।’ उनले महासंघको उपाध्यक्ष बस्नु अगाडि गरेको कारोबारको विषयलाई उचालेको भन्दै गुनासो पनि पोखे ।
‘यसअघि, महासंघका वरिष्ठ उपाध्यक्षको हैसियतले शेखरजी पनि बोर्डमा बस्नुभएको थियो । त्यही भएर यो पटक म बसेको हुँ’ उनले भने, ‘महासंघमा आउनु अगाडिको विषय यत्रो उचालिन्छ । व्यवसायी भएपछि भोलिका दिनमा अन्य कारोबार पनि गर्नुपर्छ । त्यसैले नबस्ने निर्णय गरेको हुँ ।’
खासगरी, उनी सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका थिए । ढकालले सेयर खरिद गरेको विषय उठेपछि महासंघले एक विज्ञप्ति जारी गर्दै ढकाल वरिष्ठ उपाध्यक्ष बन्नु अगाडि नै सेयर खरिद भइसकेको जानकारी दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूस र युक्रेनबिच तनाव बढ्दै, ड्रोन आक्रमण र प्रतिकार जारी
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
-
मिथिला खानपानमा आँपको अचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण