बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

चार दिनदेखि हराएकी किशोरी मृत फेला

बुधबार, ०९ भदौ २०७८, १६ : २३
बुधबार, ०९ भदौ २०७८

कालिकोटमा एक किशोरीको शव मकै बारीमा भेटिएको छ। चार दिनअघिदेखि हराएकी खाँडाचक्र नगरपालिका–६ की १६ वर्षीया किशोरी निरु विकको शव मकै बारीमा भेटिएको कालीकोट प्रहरीले बताएको छ ।

निरु गत शुक्रबारदेखि हराएकी थिइन्। उनको शव मंगलबार दिउँसो घर नजिकैको मकै बारीमा भेटिएको हो । प्रहरीका अनुसार निरुको  शरीर जंगली जनावरले क्षतविक्षत पारेका छन्। घटनाको थप अनुन्धानका लागि कालिकोटका प्रहरी नायव उपरीक्षक डिएसपी चक्रबहादुर शाहको नेतृत्वमा सदमुकाम मान्मबाट प्रहरी टोली खटिएको बताईएको छ। 
उनका अनुसार निरुको शरीरको तल्लो भाग भेटिएको छैन भने शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल लगिएको छ । रिपोर्ट भने आउँन बाँकी रहेको शाहीले जानकारी दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप