बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

कालिकोटमा पहिरोमा परेर एक जनाको मृत्यु, राजमार्ग अवरुद्ध

बुधबार, ०९ भदौ २०७८, १६ : २९
बुधबार, ०९ भदौ २०७८

कर्णाली राजमार्गको कालिकोटको शुभकालीका गाउँपालिका–१ कालेखोलामा पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।  आज बिहान ५ बजे कर्णाली राजमार्गको पहिरोमा च्यापिएर शुभकालीका गाउँपालिका–१ की २५ वर्षीया बिमला सुनारको मृत्यु भएको हो ।

राजमार्गमाथिबाट आएको ढुङ्गाले च्यापिएको अवस्थामा भेटिएको सुनारलाई प्रहरीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल कालीकोटतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख चक्रबहादुर शाहले जानकारी दिए ।

वर्षातको कारण सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्गको दुई ठाउँमा पहिरो गएका कारणले सो राजमार्ग अवरुद्ध रहेको कालिकोटका प्रहरी प्रमुख शाहले बताए । “बिहान दैलेख र कालिकोटको सिमानामा पर्ने कालेखोला र एसमोडमा पहिरो खसेको छ”, उनले भने, “पहिरोका कारण यातायातका साधन बीच बाटोमै रोकिएका छन् ।”
अहिले पहिरो पन्छाउने काम भइरहेको प्रहरी प्रमुख शाहले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप