बलिउडका यी सेलिब्रेटीका नाममा गिनीज वल्र्ड बुक रेकर्ड
मुम्बई । बलिउड फिल्मले नयाँ रेकर्ड बनाउँछ । चाहे यो बक्स अफिसको कमाई होस् वा थिएटरमा लामो समय प्रदर्शन भएर । फिल्मले रेकर्ड बनाएको छ नै बलिउडका सेलिब्रेटीले पनि बिभिन्न रेकर्ड बनाउने गरेका छन् । त्यो मध्य एक हो प्रतिष्ठित ‘गिनीज वल्र्ड बुक’ रेकर्ड । ‘गिनीज वल्र्ड बुक’ मा आफ्नो नाम लेखाउने बलिउड सेलिब्रेटी जसको चर्चा यहाँ गरिएको छ ।
कुमार सानु :
कुमार सानु बलिउडका निकै फेमस गायक हुन् । उनले बलिउडमा सयौं गीत गाएका छन् । ती गीतहरु हिट छन् । कुमार सानुको नाममा एक रेकर्ड गिनीज वल्र्ड बुकमा रहेको छ । उनले १९९३ मा एकै दिनमा २८ गीत रेकर्ड गराएर उक्त कितावमा नाम लेखाएका हुन् ।
आशा भोसले :
गायिका आसा भोसले बलिउडकी महान गायिका हुन् । उनको नाम पनि ‘गिनीज वल्र्ड बुक’मा रेकर्ड रहेको छ । उनले एक्लै, युगल र कोसरका साथमा १.१० लाख गीत गाएकी छन् । उनले २० अलग अलग भाषामा गीत गाएकी छन् । उनका बलिउडमा एकसेएक हिट गीत छन् ।
कट्रीना कैफ :
अभिनेत्री कट्रिना कैफको नाम ‘गिनीज वल्र्ड बुक’मा रेकर्ड छ । रिपोर्टका अनुसार, वर्ष २०१३ मा उनले अभिनेत्रीहरु मध्ये सबैभन्दा धेरै कमाई गरेर नाम लेखाएकी हुन् । उनले सो बर्ष ६३.७५ करोड कमाएकी थिइन् ।
अमिताभ बच्चन :
बलिउडका महानायक अमिताभको नाम पनि ‘गिनीज वल्र्ड बुक रेकर्ड’मा रहेको छ । उनले हनुमान चालीसा गाएर रेकर्ड बनाएका हुन् । यस्तो रेकर्ड बनाउने उनी एक्लो अभिनेता हुन् ।
शाहरुख खान :
बलिउडका बादशाह शाहरुख खानको इंस्टाग्राममा २४.८ मिलियन फलोअर्स छन् । उनी इंस्टाग्रामको हरेक प्रमोशनल पोस्टका लागि ८० लाखदेखि एक करोडसम्म लिने गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
-
स्याङ्जाका उत्कृष्ट कृषक सम्मानित
-
कासिमिरोको गोलसँगै ब्राजिल र जापान १–१ को बराबरीमा, खेल रोमाञ्चक मोडमा
-
१२ बजे १२ समाचार: कर्णालीका मन्त्रीको मनपरीदेखि विद्यार्थी सङ्गठनका संरचना हटाउन निर्देशनसम्म
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण