एमाले उपाध्यक्ष वामदेव गौतमको घोषणा : बैठकमा जान्नँ, राजीनामा पठाइदिन्छु
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले राजीनामाको घोषणा गरेका छन् । केपी ओलीलाई आफूले नेता मान्न नसक्ने भन्दै गौतमले पार्टी केन्द्रीय कमिटी र उपाध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।
नेता गौतमले केपी ओली र आफ्नो विचारमा मेल नखाएको बताउँदै राजीनामा दिने निर्णय लिएका हुन् । ‘मैले यसअघिको स्थायी कमिटी बैठकमै अध्यक्ष केपी ओलीलाई म तपाईंसँग अब रहन्नँ र तपाईंलाई नेता मान्न पनि सक्दिनँ, तपाईले मलाई लखेट्नुभयो भनिसकेको छु’, नेता गौतमले रातोपाटीसँग भने, ‘उपयुक्त समयमा राजीनामा पठाइदिन्छु, सायद त्यो एक दुई दिनभित्रै हुन्छ ।’
गौतम आज बिहीबार बस्ने केन्द्रीय समिति बैठकमा समेत सहभागी नहुने भएका छन् ।
अब गौतमले के गर्लान् ?
एमालेबाट राजीनामा दिने घोषणा गरे पनि माधव नेपालको पार्टीमा लाग्ने, नलाग्नेबारे गौतम खुलिसकेका छैनन् । अब आफ्नै ढङ्गले अघि बढ्ने गौतमले रातोपाटीलाई बताए ।
एमाले उपाध्यक्ष गौतमले एमाले विभाजन नहुँदै फरक सङ्गठनात्मक गतिविधि सञ्चालन गर्दै आएका छन् । ‘म अब आफ्नै ढङ्गले अघि बढ्छु’, गौतमको भनाइ छ ।
तपाईंले राजीनामा दिनुअघि आजै तपाईंमाथि कारवाही भयो भने के गर्नुहुन्छ भन्ने प्रश्नमा गौतमले ‘कारवाही गरे झन् राम्रो हुने’ प्रतिक्रिया दिए । उनले भने, ‘कारवाही गरे त झन् राम्रो नि । गरुन् न !’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
