शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

उपभोक्ता ठग्ने तीन फर्मलाई १५ हजार जरिवाना

बिहीबार, १० भदौ २०७८, १२ : ३६
बिहीबार, १० भदौ २०७८

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई कारबाही गरेको छ । बजार अनुगमनका क्रममा उपभोक्ता ऐन विरुद्ध कारोबार गरेको पाइएपछि उक्त फर्महरूलाई कारबाही गरिएको विभागले जानकारी दिएको छ ।
विभागले आयो आद्य स्टोर, आले किराना स्टोरलाई र साईबाबा ट्रेडर्सलाई समान ५/५ हजार रुपैयाँ जरिवाना तिराएको हो । उनीहरुले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड ‘घ’ बमोजिम कसुर गरेको देखिएकाले नगद जरिवाना गरिएको विभागले जानकारी दिएको छ ।

अनुगमनका क्रममा थप दुईवटा कम्पनी/फर्ममध्ये एउटालाई सामान्य निर्देशन तथा जस्टिना स्टोर्सलाई दुई दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप