उपभोक्ता ठग्ने तीन फर्मलाई १५ हजार जरिवाना
बिहीबार, १० भदौ २०७८, १२ : ३६
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई कारबाही गरेको छ । बजार अनुगमनका क्रममा उपभोक्ता ऐन विरुद्ध कारोबार गरेको पाइएपछि उक्त फर्महरूलाई कारबाही गरिएको विभागले जानकारी दिएको छ ।
विभागले आयो आद्य स्टोर, आले किराना स्टोरलाई र साईबाबा ट्रेडर्सलाई समान ५/५ हजार रुपैयाँ जरिवाना तिराएको हो । उनीहरुले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड ‘घ’ बमोजिम कसुर गरेको देखिएकाले नगद जरिवाना गरिएको विभागले जानकारी दिएको छ ।
अनुगमनका क्रममा थप दुईवटा कम्पनी/फर्ममध्ये एउटालाई सामान्य निर्देशन तथा जस्टिना स्टोर्सलाई दुई दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण