कर्णालीमा कोरोना : थप ५१ जनामा कोरोना सङ्क्रमण, एकको मृत्यु
कर्णाली प्रदेशमा बिहीबार थप ५१ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ। ९५ जनामा गरिएको आरटी–पीसिआर विधिबाट कोरोना परीक्षणका क्रममा ३२ जना र १६५ जनामा गरिएको एन्टिजेन विधिबाट कोरोना परीक्षणका क्रममा १७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो ।
बिहीबार सबैभन्दा धेरै जुम्लामा २१ जनामा कोरोना सङ्क्रमण देखिएको छ। यस्तै कालिकोटमा १०, सुर्खेतमा ९, रुकुम पश्चिममा ६, मुगुमा २, हुम्लामा १ र अन्य १ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ।
स्वास्थ्य निर्देशक डा.रविन खड्काका अनुसार बिहीबार प्रदेशभरबाट ४७ जनाले कोरोना भाइरसको सङ्क्रमणलाई जितेर डिस्चार्ज भएका छन् । यस्तै प्रदेशमा ७४२ जना सक्रिय सङ्क्रमित रहेका छन् । जुन अघिल्लो साताको भन्दा केही कम हो ।
कर्णालीमा बिहीबार कोरोना भाइरसको सङ्क्रमणबाट थप सुर्खेतमा एक जनाले ज्यान गएको छ। कर्णालीमा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको कुल सङ्ख्या ३६६ पुगेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण