कर्णालीका केही स्थानमा भारी बर्षाको सम्भावना, सुरक्षित रहन आग्रह
कर्णाली प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी बर्षाको सम्भावना रहेकाले नदी तथा तटीय क्षेत्रका बासिन्दाहरु सुरक्षित रहन आग्रह गरिएको छ । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र सुर्खेतले आगामी दुई दिनसम्म ठुला नदी तथा साना सहायक नदीहरूको तल्लो तटीय, होचो तथा डुबान क्षेत्रका बासिन्दालाई सुरक्षित तथा सतर्क रहन आग्रह गरिएको हो ।
शनिबारसम्म पूर्वदेखि पश्चिम नेपालको पहाडी तथा तराई क्षेत्रमा ठुलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनको न्युन चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले अबको ३ दिन भारी बर्षा हुने सम्भावना रहेको छ ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भने, ‘यो अवधिमा नदीमा नुहाउन जाने, काठ दाउरा छोप्ने, माछा मार्ने, घुम्न जाने जस्ता कार्य नगर्न अनुरोध गरिएको हो ।’ जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका अनुसार आज बिहान ठुलोभेरी नदी आसपासमा ४ दशमलव २४३ मिलीमिटर बर्षा भएको छ भने सानो भेरी नदी आसपासमा ४ दशमलव ७८ मिलीमिटर, भेरी नदीको जामु, कुइने आसपास क्षेत्रमा १ दशमलव २७ र वीरेन्द्रनगर –९ को निकास खोला आसपास क्षेत्रमा २ दशमलव २ मिलीमिटर बर्षा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण