सुर्खेतमा १४ प्रतिशतले मात्र पाए पूर्ण खोप
सुर्खेत जिल्लामा हालसम्म १४ प्रतिशत जनसंख्याले मात्र कोरोना भाइरस (कोभिड–१९) विरुद्धको पुर्ण खोप पाएका छन् । झण्डै ४ लाख २३ हजार जनसंख्या रहेको सुर्खेतमा १४ प्रतिशतले मात्र पुरा मात्रामा खोप पाएका छन् भने १६ प्रतिशतले दोस्रो डोज पाएका छैनन् ।
शुक्रबार जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकमा जिल्ला जनस्वास्थ्य कार्यालयले प्रस्तुत गरेको तथ्याङ्क अनुसार पहिलो र दोस्रो गरेर १ लाख २६ हजार ४८५ जनालाई कोरोना भाइरस विरुद्धको खोप दिईएको छ। जसमध्ये ५९ हजार ९९७ जनाले पहिलो र दोस्रो गरेर पुर्ण मात्रा खोप लगाएका छन् भने ६८ हजार ४८९ जनाले पहिलो मात्राको खोप मात्र प्राप्त गरेका छन् ।
जनस्वास्थ्य कार्यालयका सुचना अधिकारी गणेश गौतमका अनुसार २७ हजार २९६ जनालाई कोभिशिल्ड खोपको पहिलो डोज लगाइएको छ । ८ हजार ५८९ जनाले पहिलो र दोस्रो दुबै गरी पुर्ण मात्राको खोप लगाएतका छन् ।
भेरोसेल खोप जम्मा ४७ हजार ५५७ जनालाई लगाइएको छ । जसमध्ये ३५ हजार ३९७ जनाले पहिलो मात्र डोज मात्र लगाइएको छ भने र १२ हजार १६० जनाले दुबै मात्राको खोप लगाएका छन् ।
यस्तै २२ हजार ७५२ जनाले जोनस एण्ड जोनसन खोप लगाएका छन् । उनका अनुसार आस्ट्राजेनेका खोप जम्मा २० हजार २९१ जनालाई लगाइएको छ । जसमा ५ हजार ७९६ जनाले पहिलो मात्राको र १४ हजार ४९५ जनाले पहिलो र दोस्रो दुबै मात्राको खोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ लाख घुससहित इन्जिनियर खड्का अख्तियारको फन्दामा
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण