बाइडेन नाजवाफ : टाउको झुकाएको फोटो भाइरल
अमेरिकी राष्ट्रपति बाइडेनले टाउको झुकाएको तस्विर अहिले ट्वीटरमा भाइरल भइरहेको छ । र, बाइडेनका आलोचकहरु ट्वीट गर्दैछन् : यो तस्विरले उनको कार्यकाल परिभाषित गर्छ । रिपब्लिकन कन्सल्ट्यान्ट म्याच ह्वीटलकले यो तस्विर शेयर गर्दै ट्वीट गरेका छन्, ‘परिभाषा दिने तस्विर ।’ सेलेव हुलको ट्वीटमा उल्लेख छ, ‘जो बाइडेको हाउभाउले नै परिभाषित गर्छ ।’ फ्लोरिडा राज्यका रिपब्लिकन सांसद् साबाटिनीले लेखेका छन्, ‘बाइडेनले राजिनामा दिनुपर्ने समय आएको छ ।’
कसरी भाइरल भयो यो तस्विर
काबुल विमानस्थलमा हमला भएपछि बिहीबार बाइडेनले यसबारे जानकारी दिन पत्रकार सम्मेलन गरेका थिए । घटनामा १३ अमेरिकी सैनिकसहित १ सयभन्दा धेरै जनाको ज्यान गएको छ । त्यसैगरी दर्जनौं घाइते छन् । यस घटना र हमलाकारी आईएसआईएस – केको निन्दा गरेपछि बाइडेनले पत्रकारहरूका प्रश्न सुने । यसक्रममा फक्स न्युजका रिपोर्टर पिटर डोकीले पनि प्रश्न राखेका थिए ।
‘पछिल्ला दुई सातामा अफगानिस्तानमा जे भइरहेको छ , के त्यसको जिम्मेवारी लिन तपाई तयार हुनुहुन्छ ?’ डोकीले सोधे । ‘ढिलाईले जे भएको छ । त्यसका लागि म जिम्मेवारी लिन्छु’ बाइडेनले भने । यद्यपि, पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र सेना निकाल्ने उनको घोषणा पनि बाइडेनले स्मरण गराए । ‘तपाई र मलाई पनि थाहा छ कि १ मेईमा अमेरिकी सेना निकाल्नेगरी तालिवानसँग पूर्व राष्ट्रपतिले सहमति गरिसकेका थिए’ बाइडेनले भने ।
राष्ट्रपति र डोकी दुबै यतिबेला तनावमा देखिन्थेँ र डोकीले निरन्तर प्रश्न सोधेपछि बाइडेनले टाउको हल्का तल गरे । बाइडेनको टाउको झुकेको तस्बिर ट्वीटरमा भाइरल भयो र मानिसहरुले यसलाई बाइडेन प्रशासनको परिभाषा दिने तस्विर भनेर टिप्पणी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण