गण्डकीमा ३५० जनामा कोरोना संक्रमण पुष्टि, थप ६ जनाको मृत्यु
गण्डकी प्रदेशमा थप ३५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार ४८ जनामा गरिएको नमूना परीक्षणमा ३५० जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये १९३ महिला र १५७ जना पुरुष रहेका छन् । प्रदेशका ७ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै कास्कीमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।
उनका अनुसार कास्की १९०, बागलुङ ५, स्याङ्जा २६,, पर्वत ७, गोरखा २२, लमजुङ ७७, तनहुँमा ३५ र नवलपरासी पूर्वमा ५८ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८० हजार २२४ पुगेको छ ।
गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत ६ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–३२ का ६० वर्षीय पुरुष, पोखरा–२९ की ७८ वर्षीय महिला, पोखरा–१५ की ५६ वर्षीय महिलाको मृत्यु भएको छ ।
त्यसैगरी पर्वतको कुश्मा नगरपालिका –२ का १९ वर्षीय पुरुष, स्याङजा, चापाकोट–४ का ५८ वर्षीय पुरुष र स्याङजाकै भिरकोट–४ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २७४ जना पुगेको छ ।
गण्डकी प्रदेशमा हालसम्म ७५ हजार ४४० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । प्रदेशमा एकै दिन संक्रमणमुक्त हुनेको संख्या ५४५ पुगेको छ । गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार ८६० रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण