कर्णालीमा कोरोना : ७७८ सक्रिय संक्रमित
कर्णाली प्रदेशमा शनिबार ४८ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । ४९ जनामा गरिएको आरटी–पीसिआर विधिबाटको कोरोना परीक्षणको क्रममा १७ जना र ३४४ जनामा गरिएको एन्टिजेन परीक्षणका क्रममा ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
शुक्रबार सबैभन्दा धेरै सुर्खेतमा २८ जनामा कोरोना देखिएको छ । यस्तै रुकुम पश्चिममा ८, सल्यानमा ४, दैलेखमा ४, कालिकोटमा १, मुगुमा २, हुम्लामा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।
शनिबार प्रदेशभरबाट २८ जनाले कोरोना भाइरसको संक्रमणलाई जितेर डिस्चार्ज भएका छन् भने ७६८ जना सक्रिय संक्रमित रहेका छन् । जुन तथ्याङ्क साउन महिनाको भन्दा निकै कम हो । भदौ महिना सुरु भएदेखि कर्णालीमा केही रुपमा संक्रमण दरमा कमी आएपनि जोखिम उच्च रहेको स्वास्थ्य निर्देशन डा. रविन खड्का बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५१९ जना इन्स्पेक्टरहरूको सरुवा, को कहाँ पुगे?
-
पञ्जाब र बैंगलुरु भिड्दै : हार्ने टोलीको प्लेअफ खेल्ने सम्भावना समाप्त
-
गण्डकी सरकारविरुद्धको रिटमा आज पेसी
-
खोटाङको जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना
-
कस्तो बन्नुपर्छ आगामी वर्षको बजेट ?
-
थाइल्याण्डमा गाँजाको प्रयोगमा फेरि प्रतिबन्ध लगाउने तयारी