के गर्दैछिन् साम्राज्ञी ?
पछिल्लो समयकी हिट अभिनेत्री हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । ‘ड्रिम्स’ फिल्मबाट अभिनयमा डेब्यु गरेकी साम्राज्ञीको दर्शकमा राम्रो क्रेज छ । उनी अभिनित केही फिल्म हिट छन्, त केही फ्लप । तर पनि उनका लागि फिल्मका भने ताँती छन् ।
केही अगाडि अभिनेता भुवन केसीसँगको विवादका कारण चर्चाको बिषय बनेकी उनी प्रेमीसँगको अन्तरंग तस्बिरले मिडियामा बारम्बार छाउने गर्छिन् । कोरोना कहर सुरु भएदेखि भने उनी चुपचाप छिन् । उनी कहाँ छिन्, के गर्दैछिन् बाहिर त्यति आएको छैन । सामाजिक सञ्जालबाट भने उनले बेला बेलामा कपडाको प्रचार गरेको देखिन्छ । कतिपयले उनी अनलाइन मार्फत कपडा व्यवसाय गरिरहेको अनुमान गरेका छन् ।
पछिल्लो समय उनको ‘मारुनी’ र ‘रातो टीका निधारमा’ फिल्म रिलिज भएको थियो । दुबै फिल्मले बक्स अफिसमा राम्रो ब्यवसाय गर्न सकेन । निषेधाज्ञाअघि फिल्म ‘तिम्रो मेरो साथ’ को छायाँकन सकाएकी उनी अहिले भने कपिल रिजालको निर्देशन रहने एक फिल्ममा काम गर्ने तरखरमा रहेकी छन् । फिल्ममा जीतु नेपाल उनको जोडी रहने बताइएको छ ।
कपिलको फिल्मको अलवा उनी हेमराज विसी, मिलन चाम्स र प्रवेश पौडेलको फिल्ममा पनि देखिने चर्चा छ । यो बिषयमा उनको आधिकारिक धारणा आउन बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण