बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपिओ भर्ने समय एक दिन थपियो
बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपिओ भर्ने म्याद थप एकदिन थपिएको छ । कम्पनीले गत साउन ३२ गतेदेखि भदौ १४ गते अर्थात सोमबारसम्म स्थानीय प्रभावित क्षेत्र नुवाकोटवासीहरुका लागि कुल चार लाख कित्ता सेयर निष्काशन गरेकोमा थप एकदिन म्याद थप गरेको हो ।
आवेदनको दिने अन्तिम दिन आज भदौ १४ गते श्रीकृष्ण जन्माष्टमी परेकाले यस दिन सरकारले सार्वजनिक समेत दिएकाले कुनै कारोबार नहुने हुँदा कम्पनीले सेयर निष्काशन समय थप एक दिन थपेको हो । योसँगै कम्पनीको आइपिओ खरिद गर्न चाहने लगानीकर्ताले थप १ दिनको अवसर पाएका छन् ।
कम्पनीले आयोजना प्रभावित स्थानीयवासी नुवाकोट जिल्लाका लगानीकर्ताहरुका लागि कुल १२ लाखमध्ये पहिलो चरणमा ४ लाख कित्ता सेयर निष्काशन गरेको हो । १०० अंकित मूल्य दरका कुल ४ लाख कित्तामा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले नुवाकोट जिल्लामा रहेको ज्योति विकास बैंकको शाखा, प्रभु बैंकको शाखा र सिभिल बैंकको शाखाबाट आवेदन दिन सक्नेछन् । यसैगरी लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था, मेरो सेयर र ई–सेवा मार्फत समेत सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण