काठमाडौंमा पनि मनाइयो गौरा पर्व, तस्बिरमा हेर्नुहोस्
सुदूरपश्चिमका बासिन्दाले आज हर्षोल्लासका साथ गौरा पर्व मनाउँदैछन् । उनीहरुले आज गौरा पर्वको अन्तिम दिन विधिपूर्वक दुबोको पूजासहित गौरा पर्व मनाइरहेका छन् । धार्मिक मान्यतानुसार गौराकी सौताका रुपमा ‘सञ्ज्या’ लाई ल्याएर ‘दुर्बा’ अर्थात दुबोको पूजा हुने गरेकाले दुर्बाष्टमी भन्ने गरिएको छ आज गौरा पर्वको अन्तिम र महत्वपूर्ण दिन हो । हिजो अमुक्ताभरण सप्तमीका दिन गौरा घरमा भित्र्याइएको गौरालाई व्रतालु महिलाहरुले गौराखला (आँगन) मा लगेर पूजा गर्ने चलन छ ।

अष्टमी र दुबो दुवै भगवतीका प्रिय हुन् । त्यसैले गौरा मनाउने क्षेत्रमा दुर्बाष्टमीको विशेष महत्व छ । सोही सिलसिलामा सुदूरपश्चिमबाट काठमाडौं आई बसोबास गर्ने सर्वसाधारणहरूले पनि गौरा पर्व मनाएका छन् । कोभिड १९ महामारीका कारण यो वर्षको गौरा पनि सामान्य ढंगले मनाइएको छ । काठमाडौंको शंखमुलमा गौरा मनाइरहेका सुदूपश्चिमेलीहरुका तस्बिरलाई हामीले यहाँ समावेश गरेका छौं ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
-
'खान सर'विरुद्ध एफआईआर दर्ता, पक्राउको सम्भावना
-
उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेन: पूर्वअर्थमन्त्री पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण