‘का बेमान’ ल्याउँदै हास्य कलाकार रवि
चर्चित हास्य कलाकार रवि डंगोल नामले भन्दा बढी कलाकारिताको थेगो ‘का बेमान’ले चिनिने गर्दछन् । धेरै पहिलेको सिरियल ‘तितो सत्य’ अभिनयबाट यो थेगो पाएका डंगोलले अब यहि नामबाट सिरियल ल्याउने भएका छन् । उनकै लेखन तथा निर्देशन रहेको सिरियल ‘का बेमान’ २७ भदौबाट प्रसारणमा आउने छ । नेपाल टेलिभिजनबाट प्रत्येक बिहीबार राति ८ ः ५० बजे प्रसारण हुन लागेको सिरियलमा समसामयिक बिषय कमेडीमार्फत प्रस्तुत गरिने कलाकार तथा निर्देशक डंगोलले बताए ।
रवि डंगोल, पूर्ण थापा, मञ्जु श्रेष्ठ, मुकुन्द मैनाली, कृष्णभक्त महर्जन, सविन शाक्य, युगज्योति क्रियाशील, रेश्मा तिमिल्सिना, सविता खड्का, समिक्षा पौडेल, अन्नपूर्णेश्वरी श्रेष्ठ, स्वानिका बास्तोला आदि कलाकारले अभिनय सिरियलमा रहनेछ ।
टंक बुढाथोकीको स्वर तथा संगीतमा एउटा शीर्षक गीत समेत रहेको सिरियलको गीत शैलेन्द्र सिंखडाले लेखेका हुन् । किरण तुलाधर र बालकृष्ण वंशीको पाश्र्व संगीत रहेको सिरियलमा विवेक रिजालको सम्पादन र दिलिप विष्टको छायाँकन छ । कलाकार डंगोल केही अगाडि कोरोना संक्रमित समेत भएका थिए । जसबाट उत्रिन उनले ठूलै संघर्ष गर्नुपरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा खुकुरी प्रहार गरेर महिलाको हत्या, ढुङ्गा हानेर आरोपी पक्राउ
-
युरोप डढेलोको चपेटामाः स्पेन र फ्रान्समा हजारौँ मानिसलाई सुरक्षित स्थानमा जान आदेश
-
अभियन्ता वेदिका केसीलाई थुनाबाहिरै राखेर अनुसन्धान गरिँदै
-
इबोलाको नयाँ खोपको पहिलो परीक्षण
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण