शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

रौतहटमा खुकुरी प्रहार गरेर महिलाको हत्या, ढुङ्गा हानेर आरोपी पक्राउ

शुक्रबार, ०८ साउन २०८३, २२ : ३८
शुक्रबार, ०८ साउन २०८३

सारांश

  • रौतहटको गुजरा नगरपालिकामा ४५ वर्षीया रेणुदेवी जैसवालको खुकुरी प्रहार गरी हत्या भएको छ ।
  • प्रहरीले बारा घर भई गुजरा बस्दै आएका ३५ वर्षीय उपेन्द्र शाह कलवारलाई पक्राउ गरेको छ ।
  • स्थानीयले ढुङ्गा प्रहार गरी घाइते बनाएका आरोपीको उपचार भइरहेको छ ।

काठमाडौँ । रौतहटको गुजरा नगरपालिका वडा नम्बर–५ मा एक जना महिलाको हत्या भएको छ । शुक्रबार ४५ वर्षीया रेणुदेवी जैसवाललाई एक जना युवकले हत्या गरेका हुन् ।

खुकुरीले घाँटीमा प्रहार गरेर उनको हत्या भएको रौतहटका एसपी सिताराम रिजालले रातोपाटीलाई बताए ।  घटनास्थलमा प्रहरी पुग्दा आरोपी खुकुरी लिएर घटनास्थलमा बसेका थिए । स्थानीयको सहयोगमा प्रहरीले बारा घर भएर गुजरा बस्दै आएका ३५ वर्षीय उपेन्द्र शाह कलवारलाई पक्राउ गरेको छ ।

आरोपीले खुकुरी बोकेर घटनास्थाल नछाडेपछि स्थानीयले ढुङ्गा प्रहार गरेर पक्राउ गर्न प्रहरीलाई सहयोग गरेका थिए । ढुङ्गा प्रहारबाट घाइते भएका आरोपीको उपचार भइरहेको एसपी रिजालले बताए ।

मृतक महिलाको गर्धनमा चोट लागेको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप