सहुलियतपूर्ण कर्जाको १ खर्ब ६१ अर्ब बक्यौता बाँकी
नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जा शीर्षकमा १ खर्ब ६१ अर्ब माथिको कर्जा प्रवाह भएको जनाएको छ । गत आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्ममा यस्तो कर्जाको बक्यौता १६१ अर्ब ४४ करोड रहेको बैंकले जनाएको हो ।
‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ अनुसार कोभिड प्रभावित होटल तथा पर्यटन, घरेलु साना तथा मझौला उद्योग लगायतका प्रभावित क्षेत्रसँगै विविध ७ शीर्षकमा सहुलियतपूर्ण व्यवसायिक कर्जा कार्यक्रम ल्याएको सरकारले समीक्षा अवधिमा १६१ अर्ब माथिको कर्जा प्रवाह भएको जनाएको हो ।
सहुलियतपूर्ण कर्जाका विविध शीर्षकमा १६१ अर्ब माथिको कर्जा प्रवाह भएपनि गत वर्षको असार मसान्तसम्म १६१ अर्ब ४४ करोड रुपैयाँ कर्जा बक्यौता देखिएको राष्ट्र बैंकका सूचना अधिकारी नारायण प्रसाद पोखरेलले रातोपाटीसँग बताए ।
सो मध्ये १०४ अर्ब ७८ करोड रुपैयाँ कोल्याटर (धितोसहित) र २ अर्ब १९ करोड बिनाधितो कर्जा प्रवाह भएको समेत देखिएको पोखरेलले बताए ।
सरकारले व्यवसायिक कृषि तथा पशुपन्छी कर्जामा पाँच करोड रुपैयाँसम्म, शिक्षित युवा स्वरोजगार कर्जामा सात लाख रुपैयाँसम्म, विदेशबाट फर्केका युवा परियोजना कर्जामा दश लाख रुपैयाँसम्म, महिला उद्यमशील कर्जामा पन्ध्र लाख रुपैयाँसम्म, दलित समुदाय व्यवसाय विकास कर्जामा दश लाख रुपैयाँसम्म र भूकम्प पीडितहरूको निजी आवास निर्माण कर्जामा तीन लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा प्रवाहको नीति लिएको थियो ।
जुन कार्यक्रम अन्तर्गत सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने बैंकहरुले कर्जा प्रवाहको आधार दरमा दुई प्रतिशत विन्दु भन्दा बढी नहुने गरी ब्याज दर कायम गर्नुपर्ने व्यवस्था गरेको थियो । यसमा थप अनिवार्य व्यवसाय बीमामा राष्ट्र बैंकले थप ७५ प्रतिशत प्रिमियम सोधभर्ना अनुदान समेत प्रदान गर्ने व्यवस्था गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण