राष्ट्र बैंकद्वारा २० अर्ब रुपैयाँ बराबरको रिपो जारी
नेपाल राष्ट्र बैंकले विहीबार दुई हजार करोड अर्थात् २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गरेको छ । हालको बैंकिङ्ग तरलता (लगानी योग्य रकम) को समस्यालाई मध्यनजर गर्दै बैंकले सर्टट्रम लोनका रुपमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंकहरुका लागि यस्तो रिपो जारी गरेको हो ।
कर्जा चाहने बैंकहरुले उचित धितोसहित बैंकको वेभसाइटमा उपलब्ध लिंकमा गएर रिपोका लागि आवेदन दिन सक्नेछन् । रिपो म्याचुरिटी अर्थात् बैंकहरुले कर्जा परिचालन गर्न पाउने मिति प्रस्तावित रिपो निष्काशनको मितिले एक हप्ता (भाद्र २४ गते) सम्म रहने राष्ट्र बैंकले जनाएको छ ।
के हो रिपो ?
बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा केन्द्रीय बैंकले छोटो अवधिका लागि (अधिकतम ७ दिन) तरलता प्रवाह गर्न बैंकहरुलाई कर्जा प्रस्ताव गर्ने गर्छ । यसमा इच्छुक बैंकहरुले आफुले दिन सक्ने ब्याजदरसहित कर्जाका लागि प्रस्ताव गर्छन् । र राष्ट्र बैंकले ब्याजदर हेरेर सबैभन्दा बढी ब्याज प्रस्ताव गर्ने बैंकबाट क्रमश रिपो वितरण गर्छ । यसैलाई रिपो भनिन्छ ।
त्यसो त केन्द्रीय बैंकले रिपो मात्र जारी गर्दैन यसैको ठीक उल्टो रिभर्स रिपो समेत जारी गर्ने गर्छ । रिभर्स रिपो अर्थात् बजारमा अधिकतम तरलता कायम भई कर्जा प्रवाहमा समस्या भएमा केन्द्रीय बैंकले सोही प्रक्रियाअनुसार रिभर्स रिपो उठाउने गर्छ । यसमा बैंकहरुले सीमित ब्याज प्राप्त गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण