कर्णाली प्रदेश सरकारलाई १ करोडको स्वास्थ्य सामग्री सहयोग
कर्णाली प्रदेश सरकारलाई कोभिड–१९ प्रतिकार्यका लागि १ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ। प्रतिमान निमा स्मृति प्रतिष्ठानले उक्त, सामग्री सहयोग गरेको हो ।
बिहीवार प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले आइसोलेसन गराउन, इमर्जेन्सी रिलिफ बेड, पिपिइ सेट, मास्क,डिजिटल थर्मामिटर,गोलप्स लगायतका स्वास्थ्य सामाग्री प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हस्तान्तर गरेकी हुन् ।
स्वास्थ्य सामाग्री बुझ्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संकटको बेला प्रदेश सरकारलाई सहयोग गरेकोमा प्रतिष्ठानलाई धन्यवाद दिए ।
‘कर्णालीमा सहयोग गर्ने दाताहरुले पैसा भन्दा सामाग्री सहयोग गर्दा राम्रो भएको छ यहि सामान प्रदेश सरकारले खरिद गर्दा सार्वजनिक खरिद ऐनले गर्दा झन्झटिलो गराएको छ’, मुख्यमन्त्री शाहीले भने,‘अब आउने दिनहरुमा प्रदेश सरकारलाई सहयोग गर्ने कुनै पनि संघ सस्थाले कर्णालीको आवाश्यकता के छ त्यसलाई ध्यान दिएर सहयोग गर्दा झनै राम्रो हुने छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेताहरू कृषि कर्ममा लागेपछि बाँझो जमिन हराभरा
-
एमबीबीएस इन्टर्न चिकित्सकहरूले दिए आयोगमा धर्ना
-
प्रशासनिक बोझ संघीय सरकारमै छ, प्रदेशलाई मात्र बलिको बोको बनाउनु हुँदैन: सचेतक मेचे
-
ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन हुँदै
-
‘गालीमा हिरो’ बन्यो सरकार, सुशासनको नाममा आतंक सिर्जना गर्यो : पन्त
-
हान पदाधिकारीलाई प्रधानमन्त्रीले भने– अब चिन्ता अन्त्य हुन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण