माओवादी केन्द्र कर्णाली प्रदेश समितिको दोस्रो बैठक, प्रचण्डको सम्बोधन
नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सङ्गठन समितिको दोस्रो बैठक सुर्खेतमा सुरु भएको छ । बैठकको पहिलो दिन आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल सम्बोधन गरे । अध्यक्ष दाहालले बैठकमा सहभागी प्रदेश समितिका पदाधिकारी तथा सदस्यलाई केन्द्रीय समितिले तोकेको जिम्मेवारीअनुसार काम गर्न निर्देशन दिए । पार्टीको क्रान्तिकारी रुपान्तरणको फड्को मार्न सामूहिक मेहनतको आवश्यकता रहेको औँल्याउँदै उनले इतिहासले सुम्पेको जिम्मेवारी पूरा गर्न दृढतापूर्वक अघि बढ्न जरुरी रहेको बताए ।
बैठकमा कर्णाली प्रदेशका १० वटै जिल्लाका इञ्चार्जले जिल्लाको पार्टीको अवस्थाका बारेमा रिपोर्ट गरेका थिए भने पार्टीका कर्णाली प्रदेश समिति सचिव रामदीप आचार्यले केन्द्रीय समितिले पारित गरेको प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा कर्णाली प्रदेश समिति इञ्चार्ज शक्ति बस्नेत, सहइञ्चार्ज त्रय कालीबहादुर मल्ल, टेकबहादुर बस्नेत, महेन्द्रबहादुर शाही, अध्यक्ष राजकुमार शर्मासहित जिल्ला इञ्चार्ज तथा प्रदेश समिति सदस्यको सहभागिता रहेको सचिव आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेता कृषि कर्ममा लागेपछि बाँझो जमिन हराभरा
-
एमबीबीएस इन्टर्न चिकित्सकहरूले दिए आयोगमा धर्ना
-
प्रशासनिक बोझ संघीय सरकारमै छ, प्रदेशलाई मात्र बलिको बोको बनाउनु हुँदैन: सचेतक मेचे
-
ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन हुँदै
-
‘गालीमा हिरो’ बन्यो सरकार, सुशासनको नाममा आतंक सिर्जना गर्यो : पन्त
-
हान पदाधिकारीलाई प्रधानमन्त्रीले भने– अब चिन्ता अन्त्य हुन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण