सिमकोट विमानस्थल दिनभर व्यस्त
हुम्लाको एकमात्रै सिमकोट विमानस्थलमा आज आन्तरिक तथा बाह्य पर्यटकले चहलपहल निकै बढेको थियो । सद्गुरु जग्गी वासुदेवको टोली मानसरोवर कैलाश दर्शन गरेर फिर्ता भएसँगै सिमकोट विमानस्थलमा यात्रुको चापले सिमकोट विमानस्थल आज व्यस्त देखिएको थियो ।
आज तारा र समिट एयरलाइन्सले हुम्लाबाट सिधै पोखरा उडान गरेको जानकारी प्राप्त भएको छ । तारा एयरलाइन्सले तीन उडान र समिट एयरलाइन्सले एउटा उडान हुम्लाबाट विदेशी पर्यटक लिएर पोखरा भरेको सिमकोट विमानस्थलका प्रमुख मोहन गिरीले जानकारी दिए ।
हुम्लाबाट ४७ जना विदेशी पर्यटक आज जिल्ला बाहिरिएको विमानस्थलका प्रमुख गिरीले जानकारी दिए । तारा एयरलाइन्सले तीन उडानमा ३१ जना र समिट एयरलाइन्सले १६ जना विदेशी पर्यटक यात्रुलाई लिएर हुम्लाबाट पोखरा गएको बताइएको छ ।
पैदल मार्गबाट गएर नेपाली भूमि लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन गरी आज सद्गुरु सिमकोट आई आजै पोखरा फिर्ता भएका हुन् । हेलिकप्टरबाट सिमकोट फर्किएका सद्गुरुले सुन्दर र पर्यटकीय क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन ऐतिहासिक भएको बताए । दर्शनको यात्रामा भने केही कठिनाइ हुँदा पैदलमार्गको सडकलाई विकसित गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
पैदलमार्गबाट लाप्चा पुगेको उनको टोलीलाई हेलिकप्टरले आज सिमकोट पुर्याएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेता कृषि कर्ममा लागेपछि बाँझो जमिन हराभरा
-
एमबीबीएस इन्टर्न चिकित्सकहरूले दिए आयोगमा धर्ना
-
प्रशासनिक बोझ संघीय सरकारमै छ, प्रदेशलाई मात्र बलिको बोको बनाउनु हुँदैन: सचेतक मेचे
-
ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन हुँदै
-
‘गालीमा हिरो’ बन्यो सरकार, सुशासनको नाममा आतंक सिर्जना गर्यो : पन्त
-
हान पदाधिकारीलाई प्रधानमन्त्रीले भने– अब चिन्ता अन्त्य हुन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण