कर्णालीका ३१८ वडामा काँग्रेस अधिवेशन सुरु
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका लागि शुक्रबार (आज) देखि वडा तहको अधिवेशन सुरु हुँदैछ । १० वटा जिल्ला रहेको कर्णालीका ८ जिल्लाका वडा तहमा अधिवेशन सुरु हुने भएको छ। सुर्खेत र डोल्पामा सदस्यता विवादका कारण अधिवेशन अनिश्चित बनेको काँग्रेस स्रोतको भनाई छ ।
केन्द्रीय कार्यतालिका अनुसार यही भदौ २३ गतेसम्म वडा अधिवेशन गरिसक्नुपर्ने कार्यतालिका छ । कार्यतालिका अनुसार कर्णालीका दैलेख, जाजरकोट, मुगु, जुम्ला, हुम्लामा अहिले ११ बजेदेखि वडा अधिवेशन सुरु भएको छ । यी जिल्लाका तीन सय १८ वटा वडाको अधिवेशन आज नै सम्पन्न हुनेछ । सल्यानमा २१ गते, कालिकोटमा २२ र रुकुम पश्चिममा २३ गते वडा अधिवेशन गरिने छ ।
सल्यानमा ८३, कालिकोटमा ८६ र रुकुमपश्चिममा ७३ वटा वडातह रहेका छन् । कालिकोटमा निर्वाचन अधिकृत पुग्न ढिलाई भएकाले २२ गते सार्ने निर्णय गरिएको कालिकोटका युवा नेता दमन शाहीले जानकारी गराए ।
यस्तै सुर्खेतका ९९ वडामा पनि २२ गते अधिवेशन गरिने सुर्खेत जिल्ला सभापति कमलराज रेग्मीले जानकारी दिए ।
काँग्रेस नेता जीवनबहादुर शाहीले कर्णालीका अधिकांश ठाउँमा आजदेखि वडा तहको अधिवेशन सुरु भएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण